मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

लबकमा भिजिट नेपाल प्रवर्द्धन गर्न कार्यक्रम हुँदै

लबकमा भिजिट नेपाल प्रवर्द्धन गर्न कार्यक्रम हुँदै


लबक (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तरगतको टेक्सस च्याप्टरले आउँदो फेब्रुअरी २९ मा लबक सिटीमा दुई विषयलाई लिएर विशेष कार्यक्रम गर्ने भएको छ । लबक नेपाली समाज र एनआरएन टेक्सस च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । 
 
‘भिजिट नेपाल–२०२०’ र अमेरिकामा हुन लागेको जनगणनाका बारेमा नेपाली समुदायलाई जागरुक बनाउने उद्वेश्यले यो कार्यक्रम गर्न लागिएको च्याप्टर सचिव सोफिन थापाले जानकारी दिए । टेक्ससको उत्तर–पश्चिममा पर्ने लबक सिटी नेपालीहरुको बाक्लो बसोबास रहेको स्थान हो । जहाँ नेपाली सोसाइटी लबक पनि कृयाशील छ । 
 
सो कार्यक्रमका लागि एनआरएन अमेरिकाका पदाधिकारी पनि लबक पुग्ने योजनामा छन् । लबक ड्यालसबाट साढे तीनसय माइलको दुरीमा छ । 
 
२९ तारिक शनिबार बेलुकी ४ बजे लबकको सेन्टरप्लाइन्ट इभेन्ट सेन्टरका कार्यक्रम हुने जनाइएको छ ।