मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रधानमन्त्री

सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रधानमन्त्री


दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताएका छन् । 
 
झापाको दमक–चिसापानी कालोपत्र सडकको शिलान्यास समारोहमा उनले विकास र समृद्धि नचाहने शक्ति सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्यत भएको बताए । त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको बताए । 
 
उनले वर्तमान जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको र सरकारविरुद्धका त्यस्ता चलखेल सरकारलाई सह्य नहुने उल्लेख गरे । आफू देश समृद्धि बनाउन लडाइँको मैदानमा भएको बताउँदै उनले भने, “सुशासन कायम गरेर देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न सक्दैन ।”
 
सरकार बनेको दुई वर्षमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै उनले देशलाई समृद्धि बनाउने द्रुत काम लक्ष्यअनुसार पूरा हुने विश्वास व्यक्त गरे । 
 
अहिले देशले काँचुली फेर्दै गएकोले विकासको विरोध होइन सँगै काम गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याए । देशले द्वन्द्व होइन शान्ति र समृद्धि चाहेको उल्लेख गर्दै उनले अब परिवर्तनका नाममा गरिने हिंसा र आन्दोलन गर्नुपर्ने दिन सकिएको बताए ।