मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट मर्नेको संख्या १६६५ पुग्यो, फ्रान्समा पनि एक चिनियाँ पर्यटकको मृत्यु

कोरोना भाइरसबाट मर्नेको संख्या १६६५ पुग्यो, फ्रान्समा पनि एक चिनियाँ पर्यटकको मृत्यु


काठमाडौँ । चीनको वुहान सहरबाट महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आइतबार बिहानसम्म १६६५ जनाको मृत्यु भएको छ । फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । 
 
फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस [कोभिड–१९] बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको” बताएका छन् । 
 
एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट भएको यो नै पहिलो मृत्यु हो । बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ । 
 
बुजिनले भने “फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिनयता उनको स्वास्थ्य अवस्था ‘निकै बिग्रिएको’ थियो ।” चिकित्सकको अथक प्रयासका वाबजुत उनलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताएका छन् । 
 
चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ६६५ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म मुख्यभूमि चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको मृत्यु भएको छ ।
 
चीनमा कोभिड–१९ का कारण अहिलेसम्म ६८ हजार ५०० व्यक्ति सङ्क्रमित र्भसकको पुष्टि गरिएको छ । चीनको वुहान र आसपासका स्थानमा रहेका करिब पाँच करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेन्टाइनमा राखिएको छ । 
 
चीनबाहिर झण्डै ६०० व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएको र यसमध्ये करिब ३५ जना यूरोपेली संघ (इयू) सदस्य राष्ट्रमा पनि रहेको बताइएको छ । 
 
चीनमा १७०० भन्दा बढी डाक्टर कोरोना भाइरसबाट संक्रमित बनेका छन् । यो भाइरसका कारण आइतबारमात्रै १४२ जनाको एकैपटक मृत्यु भएको समाचारमा जनाइएको छ । एएफपी