मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हामी विवेकशील मानव हौँ र हामीले सबैलाई प्रेमपूर्वक ब्यवहार गरौ

हामी विवेकशील मानव हौँ र हामीले सबैलाई प्रेमपूर्वक ब्यवहार गरौ


डोल्मा लामा –  
सन्दर्भ : प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे फेब्रुअरी १४ का दिनलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । प्रेम एउटा बाँच्ने आधारशिला हो ।
 
 विशेष गरि प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ र राम्रो सम्बन्ध क़ायम राख्न सहज वातावरण वनाउछ ।
 
वास्तवममा भ्यालेन्टाइन डे को शुरुवात इस्वी संवत् २६९ बाट इटालीको रोमवाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास लाई हेर्ने हो भने  एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो र यसरी आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो । 
 
यसै प्रणय दिवसको सन्दर्भमा अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति बढिरहेको पाउछौ । 
 
म युनिभर्सिटि नजिकै बस्ने हुदाँ फेब्रुअरी प्रेमिल महिनाको आगमन संगै पश्चिमी संस्कृतिमा हुर्केका सबै विद्यार्थी युवायुवतीहरु सबैजना हातमा फुल बोकेर यत्रतत्र कुदिरहेको देख्छु।यस दिवसले एशियाली मुलुकहरुमा पनि प्रभाव पारिरहेको हामी प्रष्ट देख्न सक्छौ ।
 
यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती पनि बढिरहेका छन् ।
 
बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका गिफ़्ट सामाग्रीहरु आदानप्रदान गर्ने आनन्दमा मोज मोस्ती गर्नेजस्ता क्रियाकलाप हरु धेरै देखिन्छन् ,हुन त  यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष पनि छ ।
 
आखिर मलाई लाग्छ माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ ,प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे नै पर्खि रहनु पर्दैन तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति समेत बढेको भने पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै सबैतिर र परम्परा खण्डित भैरहेका छन् । 
 
प्रेम आत्मिय हुन्छ र भ्यालेन्टाइन डे लाई प्रेमपूर्वक मनाऔ हामी विवेकशील मानव हौँ र हामीले सबैलाई माया , स्नेह र सम्मानका साथ प्रणय दिवस मनाऔ। तर यसलाई विकृत रुपचाहिँ नदिऔ र साथै अन्त्यमा विश्वभरि छरिएर रहेका नेपालीजन तथा नेपालीभाषीहरुमा प्रेममय फेब्रुअरीको यो प्रेमिल महिनाले माया, प्रेम ,सद्भाव तथा सम्मान र हरेक सम्बन्धहरुमा सुवास छर्न सकोस् – प्रणय दिवसको हार्दिक शुभकामना।