मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

पिपुल्स लिगलले एनआरएनएलाई निःशुल्क कानुनी परामर्श दिने

पिपुल्स लिगलले एनआरएनएलाई निःशुल्क कानुनी परामर्श दिने


काठमाडौँ । गैरआवासीय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्सबीच गैरआवासीय नेपालीलाई कानुनी परामर्श दिने विषयमा सम्झौता भएको छ । 
 
गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
 
सम्झौताअनुसार गैरआवासीय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निःशुल्क कानुनी परामर्श दिने बताइएको छ । 
 
कार्यक्रममा नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसियट्सले प्रदान गर्ने कानुनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानुनका विषयमा जानकारी दिन सहज हुने विश्वास व्यक्त गरे ।
 
नेपालीका लागि नेपाली अभियानअन्र्तगत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैरआवासीय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानको भनाइ छ । 
 
न्यौपानको अग्रसरता नै पिपुल्स लिगल एसोसियट्स र एनआरएनबीच कानुनी परामर्श दिने सम्झौता भएको हो ।
 
उक्त कार्यक्रममा पिपुल्स लिगल एसोसियट्स सम्बद्ध अधिवक्ता विष्णुप्रसाद अधिकारीले एकपटकका नेपाली सधैँका नेपाली हुन् भन्ने भावनालाई टेवा पु¥याउन आजको यस सम्झौताले गैरआवासीय नेपालीलाई केही हदसम्म भए पनि कानुनी उपचार र सेवा प्रदान गर्न मद्दत गर्ने छ  भन्ने आशा व्यक्त गरे । 
 
कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैरआवासीय नेपालीको आवश्यकताअनुसार नेपालको कानुनी विषयमा सम्झौताअनुसार निःशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरे । ‘१५ वर्षदेखि विभिन्न व्यवसायी र व्यक्तिलाई कानुनी सेवा प्रदान गर्दै आइरहेका थियौँ’, उनले भने, ‘एनआरएनएसँग जोडिँदा उत्साहित छौँ ।’ 
 
पिपुल्स लिगल एसोसियट्ससँगको सहकार्यले एनआरएनएका सदस्यलाई नेपालको कानुनी व्यवस्थाबारे जानकारी लिन सहज हुने गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले बताए  ।