मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला


अमेरिका- नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच छलफल गरिएको छ ।
 
नेजाले आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको छलफलमा अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा आगामी मे महिनाको २ र ३ गते हुँदैंछ ।
 
भेलामा अधिवेशन कसरी सम्पन्न गर्ने, कस्ले के कस्तो जिम्मेवारी लिने, सहयोग संकलन कसरी गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।  
 
न्यूयोर्कमा गरिएको पत्रकारको भेलाले अधिवेशनलाई सफल पार्नका लागि कार्यविभाजन गर्दै बिभिन्न ९ वटा उपसमिति निर्माण गरेको छ । नेजाका सल्लाहकार तथा पूर्व अध्यक्ष आङछिरिङ शेर्पाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, कोषाध्यक्ष मच्छेदेवी गुरुङको संयोजकत्वमा दर्ता तथा रजिस्ट्रेसन उपसमिति, शैलेश श्रेष्ठको संयोजकत्वमा होटल तथा हल ब्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।
 
त्यसैगरी बिष्णु पौडेलको संयोजकत्वमा यातायात ब्यवस्थापन उपसमिति, पिपलमणी सिग्देलको संयोजकत्वमा अतिथि सत्कार ब्यवस्थापन उपसमिति, अनुज थापाको संयोजकत्वमा प्रसार प्रचार तथा मसलन्द ब्यवस्थापन उपसमिति, योगेश डंगोलको संयोजकत्वमा हल सजावट, साउण्ड सिस्टम तथा सांस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमिति, दिवाकर बाक्चनको संयोजकत्वमा स्थानीय संघ/संस्था संयोजन उपसमिति र ङिमा पाख्रिनको संयोजकत्वमा भोजन ब्यवस्थापन उपसमिति निर्माण गरिएको छ । गत डिसेम्बरमा बसेको नेजाको सल्लाहकारहरु सहितको कार्यसमितिको बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको थियो ।  बैठकले अधिवेशन सम्पन्न गर्न नेजा पूर्व क्षेत्र संयोजक कल्पना घिमिरेलाई संयोजक चयन  गरेको थियो ।
 
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अधिवेशन सम्पन्न गरिने तय भएको छ । अधिवेशन सफल पार्नका लागि अमेरिकामा रहेका नेपाली समुदाय, ब्यवसायी, समाजसेबी, बिभिन्न संघ संस्थाका प्रतिनिधि सबैलाई सहयोग गरिदिन पनि नेजाले बिशेष आग्रह गरेको छ ।
 
भेलाले गठन गरेको विभिन्न उपसमितिहरु :  
 
दर्ता तथा रजिस्ट्रेसन उपसमिति
संयोजक : मच्छेदवी गुरुङ
सदस्य: बद्री गौतम
सदस्य: बिष्णु पौडेल
सदस्य : अनिल अधिकारी
सदस्य: अनुज थापा
 
आर्थिक ब्यवस्थापन उपसमिति
संयोजक: आङछिरिङ शेर्पा
सदस्य: किरण मरहठ्ठा
सदस्य: मच्छेदेवी  गुरुङ
सदस्य: कल्पना घिमिरे
 
सदस्य: ङिमा पाख्रिन
सदस्य: शैलेश श्रेष्ठ
सदस्य: बिष्णु पौडेल
सदस्य: मोहनसिंह लामा
सदस्य: बिष्णुहरी घिमिरे
सदस्य: दिवाकर बाक्चन
सदस्य: पिपलमणी सिग्देल
सदस्य: गोकुल श्रेष्ठ
 
होटल/हल ब्यवस्थापन उपसमिति
संयोजक : शैलेश श्रेष्ठ
सदस्य: आङछिरिङ शेर्पा
सदस्य: किरण मरहठ्ठा
सदस्य: मच्छेदेवी गुरुङ
सदस्य: दिवाकर बाक्चन  
सदस्य: अनुज थापा
सदस्य: मनोज घिमिरे
 
यातायात ब्यवस्थापन उप समिति
संयोजक : बिष्णु पौडेल
सदस्य: लोकमणी राई
सदस्य: अनिल अधिकारी
सदस्य: गोकुल श्रेष्ठ
सदस्य: संजोक आचार्य
 
अतिथि सत्कार ब्यवस्थापन उपसमिति
संयोजक: पिपलमणी सिग्देल
सदस्य: ज्ञानप्रसाद बाास्तोला
सदस्य: बिष्णुहरी घिमिरे
सदस्य: गीता पन्थ
सदस्य: तारा भट्टराई
 
प्रसार प्रचार तथा मसलन्द ब्यवस्थापन उपसमिति
संयोजक: अनुज थापा
सदस्य: ज्योती कुमार श्रेष्ठ
सदस्य: बद्री गौतम
सदस्य: दिनेश कार्की
सदस्य: अकुर लुइटेल
सदस्य: संजोक आचार्य
सदस्य: प्रभात भट्टराई
 
संस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमिति
संयोजक : योगेश डंगोल
सदस्य: कल्पना घिमिरे
सदस्य: ङिमा पाख्रिन
सदस्य: अनुज थापा
सदस्य: मनोज घिमिरे
सदस्य: लोकमणी राई
 
स्थानीय संघ/संस्था संयोजन उपसमिति
संयोजक: दिवाकर बाक्चन
सदस्य: आङछिरिङ शेर्पा
सदस्य: किरण मरहठ्ठा
सदस्य: मच्छेदेवी गुरुङ
सदस्य: कल्पना घिमिरे
सदस्य : दिनेश कार्की
सदस्य: शैलेश श्रेष्ठ
सदस्य: अकुर लुइटेल
सदस्य: बिष्णुहरी घिमिरे
 
भोजन ब्यवस्थापन उपसमिति
संयोजक: ङिमा पाख्रिन
सदस्य: कल्पना घिमिरे
सदस्य: योगेश डंगोल
सदस्य: गीता पन्थ
सदस्य: तारा भट्टराई
 
किरण मरहठ्ठा
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
१४ जनवरी २०२०