मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नव नियुक्त एनआरएनए पदाधिकारीको पहिलो बृहत वैठक माघको पहिलो साता

नव नियुक्त एनआरएनए पदाधिकारीको पहिलो बृहत वैठक माघको पहिलो साता


हिमालयखवर संवाददाता
अमेरिका- कमजोर हुदैं गएको गैर आवासिय नेपाली संघ (एनआरएनए)का पदाधिकारीको बृहत वैंठक माघको पहिलो साता पोखरा नजिक रहेको रुपाकोट रिर्सोटमा वस्दै छ ।
 
तपाईहरु हायात वाला एनआरएन हो  ? भन्ने जस्ता प्रश्न समाना गर्नु परिरहेको वेला यो बैठक हुन लागेको हो । २ महिना अघि हायात होटलमा भएको एनआरएनएको विश्व सम्मेलनले नयां नेतृत्व र पदाधिकारी चयन गरेको थियो । तर, यो भेला अव्यवस्थाका कारण विवादस्पद भएको थियो । भेलामा संस्थापक अध्यक्ष उपेन्द्र महतो संस्थाका काम प्रति असन्तोष व्यक्त गर्दै अनुपस्थित रहेका थिए ।
 
विदेशमा वस्ने नेपालीले वनाएको रुपाकोट रिर्सोट बैठकका लागि विभिन्न ९ वटा एजेण्डा तय गरिएको महासचिव हेमराज शर्माले सार्वजनिक गरेका छन् । तर, बैठकका यी एजेण्डा विच विदेशमा वस्ने नेपालीको मुख्य चासोको विषय नेपाली नागरिकताको निरन्तरता भने ओझेलमा परेको छ । एउटा मुख्य प्रथामिकामा राखिएको छैन ।
 
प्रदेशको विकासका लागि संघको भुमिका, १० अर्ब लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाण्डेशन, विज्ञ सममेलन, नागरिकता र सम्पत्ति अधिकार, विदेशीक राहत कोष लगायतका विषयमा  प्रदेश र केन्द्रसरकारसंग छलफल गरिने एजेण्डामा उल्लेख छ ।
 
एनआरएनएले १० अर्ब रुपैंयाको कोष स्थापना गर्ने विषयलाई महत्वदिदैं आएको छ । तर, यो सुन्दा राम्रो देखिएपनि व्यवहारीक हुदां छलफलको विषय मात्र वन्दै आएको छ । कुन निकायमा दर्ता गरी यो कोष ल्याउने, सरकारको संलग्नता कति हुने, कोषमा पैसा कसले हाल्ने जस्ता जटिलता यो कोषसंग जोडिएका छन् ।
 
एनआरएनए आफैं आर्थिक पारदर्शियता नभएको, चुनाव र नियुक्तीमा मात्र केन्द्रित भएको संस्था हो । यसले गर्दा संस्थाका काम र योजना अस्थिर छन् ।
 
निकै प्रचारित काठमाडौमा एक बर्ष अघि भएको विज्ञ सम्मेलनको नजिता पनि प्रभावकारी देखिएन । यसको नतिजा के आयो यो पनि स्पष्ट छैन । विभिन्न कारणले हाल एनआरएनए फितलो देखिदैं आएको छ ।
 
उक्त बृहत बैठकका लागि तय गरिएका एजेण्डा निम्न छन् ।
 
१) 'प्रदेशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नका साथै गण्डकी प्रदेशमा गैरआवासीय नेपालीद्वारा सञ्चालित विभिन्न क्रियाकलाप र परियोजनाको स्थलगत भ्रमण गरिनेछ ।
 
२) संघले अघि सारेका मुख्य विषयहरु (१० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तीको अधिकार, वैदेशिक रोजगार राहत कोष लगायत) का सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरुसँग छलफल र परामर्श गरिनेछ ।
 
३) हालसम्म संघको सम्मेलनहरु विभिन्न होटलहरुमा गरिँदै आइएकोमा दोश्रो विज्ञ सम्मेलन भने काठमाडौं विश्वविद्यालयमा आयोजना गर्नेबारे विश्वविद्यालयका उप–कुलपति लगायतका उच्च–पदाधिकारीसँग भेटघाट गर्ने सम्बन्धमा छलफल गरिनेछ । जसले सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितामुलक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
 
४) दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय,त्रिभुवन विश्वविद्यालय,पोखरा विश्व विद्यालय,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा बहस गरिनेछ ।
 
५) गैरआवासीय नेपालीहरुको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन गर्न संघको तर्फबाट नेपाल सरकारलाई सुझाव पेश गरिनेछ ।
 
६) वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गरिनेछ ।
 
७) संघको १६ वर्षको इतिहासमा पहिलो पटक विस्तृत लेखापरिक्षण (डीडीए) गराइएको छ । एमआईएस सिष्टम लगायत सिष्टम अडिट रिपोर्ट पनि तयार हुँदैछ । डीडीए र सिष्टम अडिट प्रतिवेदन संघको संस्थागत विकास गर्न र ‘स्मार्ट एनआरएनए’ बनाउन कोशेढुङ्गा साबित हुने विश्वास हाम्रो छ । तसर्थ यस बैठकमा संघको आर्थिक स्थायित्व र पारदर्शीताबार घनीभूत छलफल गरिनेछ ।
 
८) गत निर्वाचनमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन व्यवस्थित बनाउन ठूलो कसरत गर्नुपरेको थियो । सोही अनुभवलाई मनन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे अध्ययन गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएको छ । सोही सम्बन्धमा समेत यो बैठकमा विशेष छलफल गरिनेछ । अर्कोतर्फ आर्थिक पारदर्शिता तथा निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले संघको विशेष महाधिवेशन बोलाउने निर्णय समेत भइसकेको अवस्थामा विशेष महाधिवेशनको तयारीको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
 
९) पोखरा बैठकमा संघका विभिन्न विभागका प्रमुख र समितिका संयोजकहरुले यस कार्यकालको कार्ययोजनाहरु प्रस्तुत गर्नु हुनेछ । यसको आधारमा वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरिनेछ । संघका समिति र कार्यदलहरुलाई पूर्णता दिईने छ ।