मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रसंघका महासचिवलाई सिमा अतिक्रमणबिरुद्ध ज्ञापनपत्र

राष्ट्रसंघका महासचिवलाई सिमा अतिक्रमणबिरुद्ध ज्ञापनपत्र


न्युयोर्क(अमेरिका )- भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणकाबिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति रहेको थियो ।
 
राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताउनुभयो । संचारकर्मी प्रेम बानियाले भारतीय पक्षबाट भएको नेपाली सिमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताउनुभयो ।
 
संचारकर्मी अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित गरेको बताउनुभयो । कार्यक्रममा गायिका सपना श्रीले राष्ट्रिय गीत गाउँदा सहभागीहरु निकै हौसिए भने गायक रामप्रसाद खनाल र कवयत्री शकुन ज्ञवालीको गीत र कविताले देशभक्तिपूर्ण माहौल श्रृजना गरेको थियो ।
 
कार्यक्रममा भारतीयपक्षबाट गरिएको सिमा अतिक्रमणको बिरुद्ध नारावाजी गरिएको थियो भने सहभागीहरुले प्लेकार्ड बोकेका थिए । सहभागीहरुले भारतीय पक्षबाट आफ्नो नक्शामा समेटेको लिपुलेक, लिम्पियाधुरासहतिको नेपालको नक्शासहितको टिसर्ट लगाएका थिए ।
 
विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो । भारतीय पक्षले सार्वजनिक गरेको नक्शामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आब्हान सहित ज्ञापनपत्र बुझाइएको हो । भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग समेटेको सन्दर्भमा बुद्धिनारायण श्रेष्ठको बिष्लेषणसमेत ज्ञापनपत्रमा समेटिएको थियो ।
 
ज्ञापनपत्रमा विरोध प्रदर्शनमा उपस्थीतिहरुले हस्ताक्षर समेत गरेका थिए भने सिमाविद् बुद्धिनारायण श्रेष्ठले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका लागि श्रेष्ठका साथमा संचारकर्मीहरु प्रेम बानिया, अनिल अधिकारी, किशोर पन्थी, कलाकार रामप्रसाद खनाल, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी र सामाजिक कार्यकर्ता सोमनाथ घिमिरेको सहभागिता रहेको थियो ।
 
स्वतस्फूर्त रुपमा गरिएको कार्यक्रममा न्युयोर्क र आसपासका राज्यबाट सहभागी सबैलाई बानिया र अधिकारीले धन्यवाद दिएका छन् । नेपालयबाट