मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चिनारी कृषि फार्ममा आगालागी डेढ करोड बढी क्षति

चिनारी कृषि फार्ममा आगालागी डेढ करोड बढी क्षति


लमजुङको मध्यनेपाल नगरपालिका १ जिता देउरलीमा रहेको चिनारी कृषि फार्ममा विद्युत सर्ट भई आगालागी हुँदा डेढ करोड बढी क्षति भएको छ । फार्ममा रहेको ५० बाख्रा  र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ । मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत सर्ट भएपछि फार्ममा आगालागी भएको हो । फार्ममा एक सय ७० वाख्रा र ३ सय लोकल कुखरा थिए । आगालागी हुँदा दुई वटा वाख्राको आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको छ । 
 
आगालागीबाट करिब डेढ करोड बढीको क्षति भएको छ । ०७२ साल बाट ६० वटा वाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको हो । सुरुमा ४ करोड लगानीबाट सुरु गरिएको फार्ममा हाल ५ करोड लगानी पुगेको छ । संचालक भरतराज पोखरेलले आगो निभाउन सहयोग गर्नुहुने स्थानिय र प्रहरीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याए पनि उक्त आगलागी के–कसरी भयो भन्नेबारे यकिन जानकारी प्राप्त नभएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।