मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

नर्थ क्यारोलाइनामा नम्रताको एकल कविता बाचन

नर्थ क्यारोलाइनामा नम्रताको एकल कविता बाचन


नर्थ क्यारोलाइना (अमेरिका) –  नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तराष्ट्रय नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा हुने गरेको मासिक कविता गोष्ठीमा यसपटक कवयत्री नम्रता गुरागाईंको एकल कविता वाचन सम्पन्न भएको छ । 
 
साहित्यकार तथा पूर्व सांसद कुन्ता शर्मा आथित्यमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शिखर दुलालले गरेका थिए भने कार्यक्रमको संचालन ऋषि बस्ताकोटीले गरेका थिए । 
 
कवयत्री शर्माको  “पोथी बास्नु हुदैन” भन्ने कविता पाठनबाट सुरू भएको कार्यक्रममा कवि तथा गजलकार ऋषि बस्ताकोटीले नम्रताका कवितामाथि आफै लगायत बिभिन्न साहित्यकारहरु तथा घरपरिवारले बिभिन्न कोणबाट केलाएका टिपोटलाइ प्रस्तुत गर्नुहुदा स्वयं नम्रता नै छक्क परेकी थिइन । टिप्पण गर्ने साहित्यकारहरुमा डा. जनी ढकाल, सहप्राध्यापक, नेपाली केन्द्रीय विभाग, त्रिवि- नम्रताका कवितामा बाल्यकालीन स्निग्ध अनुभूतिदेखि आजको जीवनका सङ्घर्षशील पाटो र मानवताको सङ्कटका अनेक पक्ष सरल भाषिक कलामा उजागर भएका छन् । 
 
नम्रताको लेखन राष्ट्रियदेखि अन्तर्राष्ट्रिय घटना र विषयलाई मानवतावादी तरल संवेदनामा घोल्नु र तिनका विरुद्ध खबरदारी गर्नु रहेको छ । गहन कुरालाई पनि सरल भाषामा बुनिदिनु र विषयलाई पाठकका मनमा सरल सम्प्रेषण गर्न सक्नु नम्रताको काव्य लेखनको मौलिक विशेषता हो । नारी संवेदनाका सूक्ष्म तहलाई उकेरा लगाउने उनका कविताले मूल रूपमा मानवताको संवेदनालाई सरल र निर्भिक रूपमा पछ्याइरहेका हुन्छन् । 
 
त्यस अवसरमा हरिराज भट्टराइ, भारती गौतम, अनिल पौडेल, खुमबहादर खडका, शैलेन्द्र साकार, डा. गोबिन्द भट्टराइ, ऋषि बस्ताकोटी लगायतले कवयत्री नम्रताका कविताका बारेमा टिप्पणी गरेका थिए ।