मातृ भुमी नेपालका विभिन्न स्थानका सीमा क्षेत्र अतिक्रमण बढ्न थालेपछि कालfकारहरूले एक जुट भएर छिमेकी देशहरूलाई गीत संगीतका माध्यमबाट सचेत गराएका छन् ।
गीतकार तथा सहित्यकार ज्ञानेन्द्र गदालको रचना युवा सगीतकार चेतन सापकोटाको संगीतमा तयार पारिएको राष्ट्रिय गीतमा लोकप्रिय गायक यम बराल र रीता गुरागाईंले स्वर दिएका छन् । युवाको रगत उमाल्ने खालका शब्दहरू चयन गरी रचना गरिएको राष्ट्रिय गीत सुन्दा साच्चै शरिरमा कांडा उम्रने खालको छ ।
पछिल्लो समय देशमा बढेको सीमा विवाद र भारतले नेपालीभूमिलाई आफ्नो नक्साभित्र राखेको प्रति आपत्ति जनाउदैं गदालले तिम्रो दुष्ट पाइला अब टेक्न नखोज भनेका छन् ।
ब्यक्तिगत स्वार्थको लागी विभिन्न समयमा छिमेकी राष्ट्रहरूसँग सम्झौता गर्नेहरूलाई चेतावनी दिदैं , गीतमा अब सीमा क्षेत्रमा काँडे तार बाध्नुपर्दछ भन्ने संन्देश दिन खोजिएको छ ।
नेपालको बिभिन्न क्षेत्रका सीमा अतिक्रमित स्थानकाे तस्बिर तथा बिभिन्न स्थानमा भएका विरोध जुलुसका दृश्य समेटिएको गीतको भिडियोमा नेपालका चर्चित कलाकारहरू निर शाह, शम्भुजीत बाँस्कोटा , बसुन्धरा भुसाल, भुवन चन्द, दिपकराज गिरी, दीपाश्री निरौला, आकाश अधिकारी, कोमल वली , यम बराल, चेतना सापकोटा, निर्मल शर्मा, किरण केसी, रमेश खरेल लागायतको अभिनय रहेको छ।
मदन घिमिरेको छायाँकनमा तयार गीतमा लिम्पियाधुरा, लिपुलेख , कालापानी लगायतका सम्पूर्ण अतिक्रमित भुमी सबै मिलेर फिर्ता गर्नु पर्दछ भन्ने संदेश रहेको गीत दिन प्रति भाइरल हुदै गएको छ ।
हाल अमेरिकाकाे काेलाेराडाे स्टेडमा रहेका गीतकार ज्ञानेन्द्र गदालले गीत संगीतकाे माध्यमबाट सिमा अतिक्रमणकाे संदेश बिश्वभर फैलाउन तथा अतिक्रमित भुमी फिर्ता गराउन दवाव दिने उद्येश्यले गीतकाे रचना गरेकाे बताएका छन् ।
सिमाना नमिच
सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज ।
लिम्पियाधुरा लिपुलेक र कालापानी माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
।।
विश्वभरि मानवताको रक्षा गर्ने हामी
वीरताको नाम कमाइ चम्किएका हामी
गोर्खालीको सन्तति हौँ सबैका हौँ मित्र
गिद्धे दृष्टि पर्न दिन्नौं, मेची९काली भित्र ।
सुर्यलाई हत्केलाले छेक्न नखोज
हाम्रो माटो आफ्नो पारि चेप्न नखोज
ताप्लेजुङ्गको फाटक अनि, टनकपुर माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
।।
कसले दियो तिमीलाई, हाम्रो कालापानी
तिम्रो नक्शाभित्र किन, पार्यौ जानी
बेच्ने को हो तिनलाई पनि, नाङ्गेझार पार्छौं
आफ्नो देशको सिमानामा काँडेतार बार्छौं ।
नेपालीलाई बिना कारण हेप्न नखोज
हाम्रो माटो हडेपेर जोत्न नखोज
सुस्ता, महेशपुर अनि, मानेभंज्यांग माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
।।
हिमाल पहाड तराइ मधेश सबै उठ्नुपर्छ
देशको सीमा जोगाउन हामी जुट्नुपर्छ
बर्षौं देखि मिचिएको हाम्रो देशको माटो
एक९एक हिसाब गरि सबै फिर्ता लिन्छौं ।
सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज ।
लिम्पियाधुरा लिपुलेक र कालापानी माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
प्रतिक्रिया