हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस) । टेक्सस नेप्लिज मेडिकल एसोसिएसन (टिएनएमए) ले शनिबार आयोजना गरेको गाला–डिनर कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
ड्यालसको डिएफडब्लु एअरपोर्ट उत्तरको एम्बेसी स्विटमा आयोजना गरिएको गाला डिनर कार्यक्रम सफल कार्यक्रमका रुपमा परिचित भएको छ । यसअघि थोरै संस्थाहरुले आयोजना गरिएका र सफल कार्यक्रमहरुको सूचिमा शनिबारको कार्यक्रम पर्न सफल भएको छ ।
टिएनएमए टेक्ससमा रहेका नेपाली डाक्टरहरुको संस्था हो । यो संस्थामा नेपाली चिकित्सकहरु सदस्य छन् ।
ड्यालसमा निशुल्क स्वास्थ शिविर सञ्चालन गर्नका लागि सहयोग जुटाउने उद्वेश्यले आयोजना गरिएको डिनर कार्यक्रममा यो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा संस्थाका अध्यक्ष डा. सञ्जीव श्रेष्ठले स्थापनादेखि हालसम्मको प्रगतिका बारेमा चर्चा गर्दै स्वास्थ शिविरलाई निरन्तरता दिइने घोषणा गरे ।
मनोरञ्जनात्मक प्रस्तुतिहरु सहित आयोजित कार्यक्रममा संस्थाले निरन्तर आयोजना गरिरहेको स्वास्थ शिविरमा नियमित रुपमा खटेर सहयोग गर्ने डा. शर्मिला श्रेष्ठ, नर्सहरु कमला अधिकारी, सुनिता बस्नेत सहितलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सोही अवसरमा संस्थालाई निरन्तर खटेर सहयोग गर्ने दिनेश शर्मा, लीला श्रेष्ठ लगायतलाई पनि प्रशंसा पत्र वितरण गरिएको थियो ।
नेपाली समाज टेक्सस समेतको सहभागितामा टिएनएमएले नियमित रुपमा स्वास्थ शिविर सञ्चालन गर्दै आएको छ । शिविरमा स्वास्थ बीमा भएका र नभएका, नेपालबाट आएका अभिभावकहरुले निकै लाभ लिइरहेका छन् ।
टिएनएमले ‘स्वस्थ समाज निर्माणका लागि सहकार्य’ लाई मुल मन्त्र लिएको छ । कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, पूर्ब अध्यक्ष डा. प्रेम अधिकारी, सबैभन्दा बढी स्पोन्सर गर्ने प्याट मार्टिन, डा. फहिम रहिम लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अन्त्यमा महासचिव डा. अनुज कँडेलले धन्यवाद ज्ञापन गर्दै सबैप्रति आभार प्रकट गरेका थिए ।
कार्यक्रममा डा. झरना श्रेष्ठले उत्कृष्ठ नृत्य प्रदर्शन गरेर आफुलाई कुशल चिकित्सकमात्र नभै नृत्यांगनाका रुपमा समेत परिचित गराउन सफल भएकी थिइन् ।
गाला डिनरपछि संस्थाले आयोजना गर्ने स्वास्थ शिवीर अझै व्यबस्थित र प्रभावकारी हुने अपेक्षा उपस्थित सहभागीहरुको थियो ।
प्रतिक्रिया