मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिन्दूराष्ट्र बनाएरै छाड्छौँ : अध्यक्ष जवरा

हिन्दूराष्ट्र बनाएरै छाड्छौँ : अध्यक्ष जवरा


चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने दाबी गरेका छन् । 
 
पार्टीको जनकपुर–लुम्बिनी धार्मिक यात्राको अवसरमा आज चितवनमा आयोजित कोणसभामा उनले सनातन हिन्दूधर्मले मात्रै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्ने बताए ।
 
विसं २०६२/६३ को जनआन्दोलनपछि चोरबाटोबाट देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी अध्यक्ष राणाको थियो । ‘सनातन हिन्दु धर्मले मात्रै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्ने हुँदा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नैपर्छ,’ उनले भने, ‘२०६२/०६३ को जनआन्दोलनपछि चोरबाटोबाट देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको हो, जुन हामी मान्न तयार छैनौँ ।’ पार्टीको धार्मिक यात्रामा देखिएको जनलहरबाट आफू उत्साहित भएको उनले बताए । 
 
पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले ८० प्रतिशत ओमकार समुदाय बसोबास गरेको देशलाई कुनै पनि दृष्टिले धर्मनिरपेक्ष भन्न नमिल्ने तर्क राखे । धार्मिक यात्राको क्रममा आम सर्वसाधारणको हिन्दू धर्मप्रतिको आकर्षण प्रष्ट देखिएको पाण्डेको धारणा थियो । 
भरतपुरमा भएको कोणसभा सकिएसँगै नारायणी नदीमा आरतीमा यात्राको समूह सहभागी भएको थियो ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तले कात्तिक २८ गतेबाट सुरू गरेको ‘जनकपुर–लुम्बिनी धार्मिक यात्रा’ आज आइतबार चितवन आइपुगेको हो । हिन्दुराष्ट्रको पक्षमा जनमत सृजना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राप्रपा संयुक्तले जनाएको छ ।
 
जनकपुरधामबाट पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले उद्घाटन गरेको यात्रा जलेश्वर, बर्दीबास हुँदै सर्लाही, रौतहटको गौर, चन्द्रनिगाहपुर, बारा जिल्लाको गढीमाई मन्दिर, वीरगञ्ज हुँदै आइतबार वीरगञ्जबाट मकवानपुरको चुरियामाई, हेटौँडा हुँदै चितवन प्रवेश गरेको राप्रपा संयुक्तका नेता एवम् पूर्वमन्त्री बिक्रम पाण्डेले बताए । 
 
उनका अनुसार रथसहितको धार्मिक यात्राका क्रममा विभिन्न स्थानमा कोणसभा गर्दै आएको छ । मंसिर ४ गतेसम्म सञ्चालन हुने यात्राको लागि हरेक जिल्लाबाट पार्टीको नेतृत्वकर्ता तथा कार्यकर्तालाई खटाइएको उनले बताए ।
 
यस्तैगरी सोमबार नवलपर जिल्लाको कावासोतीमा कोणसभा गरेर वाल्मीकि आश्रमको दर्शन गर्ने र मंसिर ३ गते नवलपरासीकै रामग्राम र रुपन्देहीको भैरहवामा कोणसभा हुनेछ ।
 
मंसिर ४ गते शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा पूजाआजा गरिसकेपछि पहिलो चरणको धार्मिक यात्राको समापन गरिने पूर्वमन्त्री एवम् राप्रपा संयुक्तका नेता पाण्डेले बताए ।
 
‘पार्टी सुदृढीकरण तथा हिन्दु धर्मप्रतिको विश्वास बढाउन पनि धार्मिक रथयात्राले मह¤वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ,’ उनले भने । यसपछि पार्टीको नियमित गतिविधिमा सक्रिय रहने पनि उनले बताए ।