मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीमफेदीका जेलरलाई अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

भीमफेदीका जेलरलाई अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा


हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भीमफेदी मकवानपुरका जेलर चिरञ्जीवी थापाले रु एक करोड १३ लाख ६० हजार ४१० बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
 
आयोगले थापाको सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएको सम्पत्ति अवैध रहेको पाइएको आरोप लगाएको छ । 
 
आयोगले थापाले सार्वजनिक पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी श्रीमती गोमा कट्टेल थापासमेतको नाममा जम्मा गरेको पाइएको आयोगले जनाएको छ ।