मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु


तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ मानहुँ बस्ने ७६ वर्षीय लोकबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
थर्पुबाट दमौलीतर्फ आउँदै गरेको बा ८२ प ६४९० नं को मोटरसाइकलले ठक्कर दिँदा घाइते विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । 
 
मोटरसाइकलको ठक्करबाट विकको दायाँ खुट्टा र कानमाथिको भागमा गहिरो चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।