मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हाइस्कुलमा एक विद्यार्थीले अन्धाधुन्द गोली बर्साउँदा दुई जनाको मृत्यु, तीन घाइते

हाइस्कुलमा एक विद्यार्थीले अन्धाधुन्द गोली बर्साउँदा दुई जनाको मृत्यु, तीन घाइते


लसएञ्जल्स । एक किशोरले दक्षिण क्यालिफोर्नियास्थित हाइस्कुलमा गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ ।
 
जम्मा १६ सेकन्डमा ती किशोरले दुई जनाको ज्यानमात्र लिएनन् तीन जनालाई घाइते बनाए र स्वयम् आत्महत्याको प्रयाससमेत गरे ।
 
स्यान्टा क्लेरिटास्थित हाइस्कुलमा यो घटना भएको हो । मृत्यु हुने दुई जनामध्ये एक जना १६ वर्षीय किशोरी र अर्का १४ वर्षका विद्यार्थी छन् । घाइते पाँचै जनालाई तत्काल अस्पताल लगिएको थियो । जसमध्ये दुईजनाको अस्पतालमै निधन भएको हो । 
 
यो १६ सेकेन्डको कार्यले जताततै रुवावासी र भागदौड मच्चिएको थियो । सम्भावित अभियुक्त न्याथेनियल बेर्हवले झोलामा बन्दुक ह्याण्डगन ल्याएका थिए ।
 
स्थानीय प्रहरीले १६ वर्षका अभियुक्त मानिएका बन्दुकधारीको अवस्था पनि चिन्ताजनक छ । उनले अन्तिम गोलीले आफूलाई नै घाइते बनाएका थिए ।
 
कक्षा सुरू हुनुअघि यो घटना भएको थियो । स्कुलको भिडियोमा ती किशोरले आफ्नै साथीलाई गोली हानेपछि आफूलाई पनि गोलीको सिकार बनाएको देखिन्छ ।
 
त्यसैले यो घटनामा एक जनामात्र बन्दुकधारी संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, स्थानीय प्रशासन र प्रहरीले घटनाको अध्ययन गरिरहेका छन् ।  तस्बिर: सामाजिक संजाल