मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतीय अतिक्रमणको विरोधमा एक्यवद्धता कार्यक्रम आयोजना हुँदै

भारतीय अतिक्रमणको विरोधमा एक्यवद्धता कार्यक्रम आयोजना हुँदै


ड्यालस (अमेरिका) – नेपालको भूमि भारतबाट अतिक्रमण भएको विरोधमा प्रवासमा रहेका नेपालीहरु समेत जुर्मुराउन थालेका छन् । यसै क्रममा ड्यालसमा सकृय संस्था इन्द्रेणी सांस्कृतिक संघले अतिक्रमित नेपाली भूमि रक्षार्थ र भारतले आफ्नो नक्सा तत्काल सच्याउनुपर्ने माग राख्दै छलफल कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
 
संघका अध्यक्ष सुशील क्षेत्रीका अनुसार आउँदो आइतबार टेक्ससको ड्यालस फो्र्टवर्थ मेट्रोप्लेक्समा पर्ने वातागा सिटीमा नेपाली संघसंस्थाहरु समेतको सहभागितामा विशेष कार्यक्रम गर्न लागिएको हो । 
 
‘हामी सबै मातृभूमिभक्तहरुले यतिखेर फेरि एकपटक मातृभूमिको रक्षार्थ एकजुट भएर प्रवासबाट समेत नेपाल सरकार र भारत सरकारलाई दवाव दिनुपर्ने अवस्था आएको छ,’ क्षेत्रीले भन्नुभयो । ड्यालसमा झण्डै दुईदर्जननको हाराहारीमा नेपाली संघसंस्थाहरु रहेका छन् । ‘सबै संस्थाहरुलाई सहभागिता र एक्यवद्धताका लागि हामीले आग्रह गरेका छौं, यो अवस्थामा हामी सबैले एकजुट भएर मातृभूमिको हितका लागि सकृयता देखाउनु जरुरी छ,’ उहाँले भन्नुभयो ।
आइतबार दिउँसो वातागाको हट एण्ड स्पाइसी रेस्टुरामा आयोजना हुने कार्यक्रममा सबैको सहभागिताका लागि अपिल गरिएको छ ।