मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मिस युएसएको फ्रेन्चाइजमा सुजिताले जितिन् सेकेण्ड रनर अप र पिपुल च्वाइस अवार्ड

मिस युएसएको फ्रेन्चाइजमा सुजिताले जितिन् सेकेण्ड रनर अप र पिपुल च्वाइस अवार्ड


अमेरिका । मिस युएससएको फ्रेन्चाइजमा पहिलोपटक नेपाली मुलकी युवतीले उच्च तहको टाइटल जितेकी छिन् । नेपाली अमेरिकन सुजिता बस्नेतले मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको टाइटलमात्र जितिनन्, पिपुल च्वाइस अवार्डसमेत जितेकी छिन् ।
 
पहिलो मिस नेपाल अमेरिका सुजिता बस्नेतले अमेरिकी प्रतियोगिता मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको ताज पहिरिन सफल भएकी हुन् । मिस मेरिल्याण्ड युएसए सन् १९५२ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ ।
 
यही प्रतियोगिताकी विजेता नाना मेरिवेदर सन् २०१२ मा मिस युएसए भएकी थिइन् । ओलिभिया कल्पोले सुरुमा मिस युएसए जीतेपनि पछि मिस युनिभर्सको टाइटल जितेपछि फस्ट रनर अप मेरिवेदरलाई मिस युएसए घोषणा गरिएको थियो ।  
 
मिस युएसएका लागि प्रतिस्पर्धी छनौट गर्नका लागि मिस मेरिल्याण्ड युएसएको आयोजना गरिँदै आएको छ । जसमा यसपटक सुताजा र अरु ९५ जना अमेरिकन युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । सबैलाई पछि पारेर सुजिताले पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।  
 
सुजिताले सन् २०११ मा पहिलो मिस नेपाल युएससए जितेकी थिइन् । पहिलो मिस नेपाल युएसएले मिस मेरिल्याण्ड युएससएमा सेकण्ड रनर अप र पब्लिक च्वाइस अवार्ड जित्न सफल भएकोमा मिस नेपाल युएसएका सीईओ तथा संस्थापक अमित शाहले बधाई दिएका छन् ।