मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको मतदान सकियो, २३ सय ४२ मत खस्यो

एनआरएनएको मतदान सकियो, २३ सय ४२ मत खस्यो


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा आज बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यक्रम साँझ ६ बजे सकिएको छ । 
 
बुधबार भोटिङ्ग मेसिनले काम नगर्दा मतदान रद्द हुन पुगेको थियो । कूल २५ सय ७० प्रतिनिधिमध्ये २३ सय ४२ मत खसेको छ । जसमा अमेरिकाबाट २६१, युरोपबाट ९२०, मध्यपूर्वबाट ४७०, ओनेसियाबाट २१४, एसियाबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको निर्वाचन समितिले जनाएको छ । 
 
सुरुवातमा केही विवाद देखिए पनि आजको चुनाव शान्तपूर्णरुपले सम्पन्न भएको हाम्रा प्रतिनिधिले जनाएका छन् ।
 
निर्वाचन तालिकाअनुसार आज एनआरएनए सम्मेलन समापन हुने भए पनि प्राविधिक त्रुटि, व्यवस्थापकीय कमजोरी र अतिशय विवादका कारण ढिलाइ भएको हो । 
 
निर्वाचन सचिवालयका अनुसार कुनै दाबी विरोध नभएमा नौ बजेदेखि मतगणना सुरु हुने र आज रातिसम्म नतिजा आउने बताइएको छ । 
 
नवौँ अधिवेशनमा आर्थिक प्रतिवेदन पास भएपछि मात्रै मतदान गर्नुपर्ने प्रावधान भए पनि यसपटक विवादका कारण प्रतिवेदन पास हुन सकेन ।
 
मतदान सकिएसँगै अध्यक्षमा कुल आचार्य र कुमार पन्तमा कसले जित्छन् भन्ने अडकलबाजी चल्न थालेको छ । चुनाव अत्यन्तै प्रतिस्पर्धात्मक भएकाले कसले बाजी मार्छ भनेर अनुमान गर्न नसकिने स्थिति छ ।