मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘विदेशी बुहारीलाई १० वर्षपछिमात्रै नागरिकता दिनुपर्छ’

‘विदेशी बुहारीलाई १० वर्षपछिमात्रै नागरिकता दिनुपर्छ’


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयकमा नेपाली पुरुषले बिहे गरेर ल्याएका विदेशी बुहारीलाई नेपालमा बसोवास गरेको १० वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा जोड दिएका छन् । 
 
भारतमा समेत विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान रहेको उल्लेख गर्दै नेपालको भौगोलिक तथा जनसंख्याका अवस्था हेरेर १० वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा उनको जोड थियो । 
 
सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताए । उनले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुने बताए । 
 
उनले नेकपा एमाले र माओवादी केन्दबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिए । उनले पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरूको ध्यान जानुपर्ने बताए । 
 
नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गरे ।