मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राजदूत कार्कीसंग ह्युस्टनका नेपालीले गरे अन्तरक्रिया

राजदूत कार्कीसंग ह्युस्टनका नेपालीले गरे अन्तरक्रिया


हिमालयखबर संबाददादा-
टेक्सास (अमेरिका )। अमेरिकाकालागि नेपाली राजदूत डा. अर्जुन कार्कीले विदेशमा बस्ने नेपालीहरु त्यहाँका स्थायी राजदूत हुन् , आफूहरु त अस्थायीरुपमा कार्यरत मात्रै भएको कुरा बताएका छन् । 
 
डा. कार्कीले हिजो साँझ यहाँ आयोजित नेपाली समुदायसंगको अन्तरक्रिया कार्यक्रममा आफ्नो कार्यकालको उपलब्धी , अमेरिकाबासी नेपालीहरुको गुनासा र समुदायमा देखिएका नकारात्मक कुराहरुको विवेचना गर्दै सो कुरा बताएका हुन् । उनले नेपाली समुदायका ठूला स्याना अधिकांस संस्थाहरु नेपाली राजनीति , पार्टीहरु र तिनका गुटै पिच्छे विभाजित भएको देख्दा दुख लागेको आफ्नो अनुभव बताउँदै राजनीति गर्नेहरुले अमेरिकी मूलधारको राजनीतिमा प्रवेश गर्न सुझाव दिए । 
 
विदेशीहरु माझ अत्यन्त सौहार्द र लगनशील मानिने नेपाली आफ्नै समुदाय बीच भने किन यसरी पानी बाराबारको अवस्थामा पुग्छन् ! आफूले बुझ्न नसकेको उनको भनाई थियो । 
 
नेप्लिज एशोसिएसन अफ ह्युस्टनले आयोजना गरेको सो अन्तरक्रियामा सहभागीहरुले विभिन्न समसामयिक प्रश्न र जिज्ञासाहरु राखेका थिए । केही प्रश्नकर्ताको कुरालाई राजदूत कार्कीले राजनीतिक भनेर उम्किए भने अरु प्रश्नहरुको सविस्तार जवाफ दिएका थिए । 
 
करीब दुइघण्टासम्म चलेको उक्त कार्यक्रम निक्कै रोचक र उपयोगी रहेको कुरा हिमालयखबरलाई  सहभागीहरुले बताए । 
 
कार्यक्रमको शुरुमा एशोसिएसनका सचिव विजय वोखिमले राजदूतको स्वागत गरेका थिए । एशोसिएसनका अध्यक्ष डा. विष्णु नेपालले राजदूतलाई उनले दिएको समय र सहभागिताकोलागि धन्यवाद प्रदान गर्दै आगामी समयमा पनि यस्तो भेटघाट र अन्तरक्रियाको अपेक्षा गरे ।