मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएलाई गौरी जोशीले १ करोड दिए

एनआरएनएलाई गौरी जोशीले १ करोड दिए


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले एनआरएनए अभियानलाई अघि बढाउन संघलाई एक करोड रुपैंया सहयोग गरेका छन् ।
 
 
एनआरएनएको आधिकारिक फेसबुकमा राखिएको स्ट्याटस अनुसार एनआरएनए अभियानलाई अगाडी बढाउने क्रममा संघका अध्यक्षको आव्हानलाई कदर गर्दै जोशीले संघको खातामा १ करोड सहयोग प्रदान गरेको उल्लेख छ । यसका लागि संघले जोशीलाई प्रगतिको कामना सहित हार्दिक धन्यवाद दिएको छ ।
 
एनआरएनएले अघि वढाएका केही परियोजना सम्पन्न गर्न लागि अध्यक्ष भवन भट्टले आर्थिक सहयोगको आग्रह गरेका छन् । कयौंलाई टेलिफोन गरेर भट्टले सहयोग गर्न आग्रह समेत गरेका छन् । यो सहयोग कुनै चुनावी उद्देश्यले नभएको जोशीले वताए ।
 
यस अघि एनआरएनका उपाध्यक्ष कुमार पन्तले संघलाई १ करोड सहयोग प्रदान गरेको सार्वजनिक गरिएको थियो ।
 
अमेरिकाको टेक्ससमा बस्दै आएका जोशी व्यवसायी हुन् । उनले नेपालमा पनि लगानी गरेका छन् । जोशीले एनआरएनएको आउने कार्यसमितिमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
 
एनआरएनएको नयाँ नेतृत्व चयन लगायत अन्य विषयमा  छलफल गर्न एक महिना पछि काठमाडौमा सम्मेलन हुँदैछ ।