मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भ्रष्टाचारीलाई एक घन्टाभित्र कारबाही गर्छु : मुख्यमन्त्री राई

भ्रष्टाचारीलाई एक घन्टाभित्र कारबाही गर्छु : मुख्यमन्त्री राई


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घन्टाभित्र कारबाही गर्ने बताएका छन् । 
 
सुशासन तथा योजना समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफू सदैव अगाडि रहने रहेको दाबी गरे । 
 
मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिँदै भने, “सोचअनुसार काम हुन नसक्दा जनतामा नैराश्यता छाएको छ ।”
 
जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा रहेको भन्दै उनले जनतालाई केन्द्रबिन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिए । 
 
सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न  तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै  संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे । 
 
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को विज्ञान संकायमा नेपाल प्रथम भएका ‘अर्किड’ कलेज विराटनगरका निश्चल गुरागाईं सम्मानित भएका छन् । कलेजले गुरागाईंलाई नगद रु १ लाखसहित ताम्रपत्रले सम्मान गरेको छ । उक्त परीक्षामा गुरागाईंले ३.९२ जिपिए ल्याएका भएका थिए । 
 
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गुरागाईंलाई सम्मान गर्दै संस्थागत विद्यालय बन्द हुने हल्लामात्र भएको बताउँदै सरकारी विद्यालयसँग प्रतिस्पर्धा गराइने बताए । उनले संस्थागत र सरकारी विद्यालयबीच रहेको विभेद् अन्त्य गरी सहजीकरण गर्ने जानकारी दिए । 
 
यसैबीच, कोषराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति हरिहर विरहीलाई सम्मान एवं पुरस्कृत गरिएको छ । पीताम्बर–खिलेश्वर स्मृति प्रतिष्ठान एवं नेपाल पत्रकार महासंघ मोरङद्वारा स्थापित उक्त पुरस्कारबाट उनलाई नगद रु २५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।