मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बालगायक प्रिन्सको नयाँ गीत ‘बाबा’ सार्वजनिक

बालगायक प्रिन्सको नयाँ गीत ‘बाबा’ सार्वजनिक


काठमाडौँ । चितवनका बालगायक प्रिन्स सिलवालको तेस्रो प्रस्तुति  ‘बाबा’ आज एक समारोहबीच सार्वजनिक भएको छ । 
 
काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक भएको श्रव्यदृष्यसहितको गीत (म्यूजिक भिडियो)मा स्वयं गायक सिलवाल र अभिनेता सरोज खनालले मोडलिङ गरेका छन् । 
 
गीत सार्वजनिकीकरण कार्यक्रममा अभिनेता खनालले नयाँ पुस्ताका लागि शिक्षाप्रद गीत भएको उल्लेख गर्दै बालबालिकाका लागि बाबुआमाले साथ दिनुपर्नेमा जोड दिए । उनले यो क्षेत्रमा पुस्ता हस्तान्तरण गर्ने परिपाटी नभएकाले हरेकले नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिए ।
 
पूर्वअर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइरालाले गीतले बाबु र छोराको सम्बन्धलाई स्पष्टरुपमा देखाएको उल्लेख गर्दै एक महिलाले बाबुका बारेमा गीत लेख्नु ठूलो कुरा भएको बताए । उनले उक्त गीतले समाज, संस्कृति र इतिहासलाई जोड्दै २०७२ को भूकम्पलाई समेत सम्झाएको बताए । 
 
पर्यटन व्यवसायी केशव पाण्डेले परिवारले बालबालिकालाई अवसर दिएमा प्रतिभा उजागर हुने विश्वास व्यक्त गरे । गीतका रचनाकार भवानी अधिकारीले आमाप्रति समर्पित गीत धेरै भए पनि बाबु र छोराका बारेमा कमै गीत रहेको उल्लेख गर्दै गीतमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरेको उल्लेख गरिन् । 
 
बालबालिकालाई बाबुआमाको माया कस्तो हुन्छ भन्ने कुरा जानकारी दिनसके बाबुआमा वृद्धाश्रम जानुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । 
 
शनिबारै उक्त गीत स्वयं गायक सिलवालको युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ । राजेन्द्र पाण्डेले निर्देशन गरेको सो गीत राजेन्द्र पाण्डे र सन्तकुमार चौधरीले छायांकन गरेका हुन् । प्रतिभा पाण्डेले निर्माण गरेको सो भिडियोमा प्रेम घिमिरेले संगीत दिएका छन् । 
 
प्रिन्सका बुबा रमेश सिलवालले बालबालिकाले अवसर प्राप्त गरे अविश्वसनीय सफलता हासिल हुने उल्लेख गरेका छन् । उनले बालप्रतिभा प्रिन्सलाई अघि बढ्न प्रोत्साहन दिने मिडिया र पत्रकारहरुप्रति आभार व्यक्त गरे ।