मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

जगदम्बाश्री र मदन पुरस्कार घोषणा

जगदम्बाश्री र मदन पुरस्कार घोषणा


काठमाडौँ । मदन पुरस्कार गुठीले यस वर्षको ‘जगदम्बाश्री’ र ‘मदन पुरस्कार’ घोषणा गरेको छ । सो गुठीको आज भएको साधारणसभाले तेस्रो आयाम साहित्यक अभियानका एक आरम्भकर्ता बैरागी काइँलालाई लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री र ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
 
गुठीले २५७ कृतिमध्येबाट ‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट गरी सिफारिस गरिएको थियो । सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पुरस्कारका लागि सिफारिस भएका थिए ।