मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतीय सुमो गाडीको ठक्करले महिलाको मृत्यु

भारतीय सुमो गाडीको ठक्करले महिलाको मृत्यु


सप्तरी । सुमो गाडीको ठक्करले सप्तरीमा आज एक महिलाको मृत्यु भएको छ । खड्ग नगरपालिका–४ करमनियास्थित पूर्वपश्चिम राजमार्गमा जेएच १५जे ३२०३ नम्बरको भारतीय नम्वरप्लेटको सुमोको ठक्करले को १ च ४२२८ नम्बरको मारुती भ्यानमा सवार इलाम नगरपालिका–१ की ५८ वर्षीया टङ्कमाया लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 
 
सुमो राजविराजबाट जनकपुर जाँदै थियो भने मारुती भ्यान काठमाडौँबाट इलामतर्फ जाँदै थियो । मारुती भ्यानका चालक टङ्कमायाका छोरा सवीन लिम्बु र छोरी सङ्गीता लिम्बु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 
 
सुमो गाडीमा सवार राजविराज–५ का जितेन्द्रप्रसाद साह र उनका छोरी ज्वाई धनुषाको जनकपुर १ का आशुतोष साहसमेत घाइते हुनुभएको छ । आशुतोषकी श्रीमती सोनी भने सकुशल रहेको परिवारका सदस्यले बताएका छन् ।
 
दुर्घटनाग्रस्त दुवै गाडीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए । घटनालगत्तै सुमो गाडीका चालक फरार भएका छन् । महिलाको शव परीक्षणका लागि लहानस्थित सप्तऋषि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।