मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियामा टीपीएसको न्यायिक सुनुवाई हुदै

क्यालिफोर्नियामा टीपीएसको न्यायिक सुनुवाई हुदै


क्यालिफोर्निया (अमेरिका)-  अगस्त १४ तारिख डिस्ट्रिक कोर्ट, क्यालिफोर्नियामा हुने "रामोस भर्सेस नेल्तसीन" मुद्दाको सुनुवाई हुदैछ ।
 
यस सुनुवाईले  हजारौं मात्र होइन लाखौं टीपीएस सुबिधा लिएका आप्रवासी र तिनमा आश्रित परिवारहरुको भबिश्य निर्धारण गर्ने छ । उक्त कोर्टमा हुने यो सुनुवाई हाम्रो "जीवन मरणको लड़ाई हो र अन्य देशका नागरिकहरुसंगै हामी पनि सहभागी बनौं " भनी  संचारकर्मी एंव सामाजिक अभियान्त शैलेश श्रेष्ठ भन्नुहुन्छ।
 
नेपाली डायस्पोराका नेपाली समुदायलाई आफुले सकेको औकातमा यो न्यायिक अनि मानवीय अभियानमा सामेल हुन र अभियानमा आरम्भदेखिनै निर्णायक भूमिका गरिरहेको संस्था अधिकारले आह्वान गरिरहेको छ । अधिकारका सामाजिक अभियान्तहरु पनि आफ्ना प्रतिनिधिहरु सहित डिस्ट्रिक कोर्ट, क्यालिफोर्निया जाँदैछन भने  क्यालिफोर्निया लसएन्जल्स आसपासका सामाजिक अभियान्तहरु र संचारकर्मी हरु पनि आफु रहेको सहर या राज्यमा हुने प्रेस-मीट, एक्यबध्द्ता र्यालीहरुमा सामेल हुदैछन् ।
 
सुनुवाई हुने डिस्ट्रिक कोर्ट, क्यालिफोर्नियाको आसपासबाट उक्त दिनको बिहान सबेरै हुने कार्यक्रमहरुमा उपस्थित हुन अधिकारकि नर्बदा क्षेत्रीले समन्वय गरिरहेको जानकारी संचारकर्मी डोल्मा लामाले गरेकी छिन् ।