मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भइसक्यो : मुख्यमन्त्री पोखरेल

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भइसक्यो : मुख्यमन्त्री पोखरेल


पाल्पा । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य भइसकेको बताएका छन् । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लास्थित नेता तथा कार्यकर्ताका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उनले यातायातको क्षेत्रमा ठूलो आर्थिक चलखेलसँगै सिन्डिकेटको अन्त्य भएको बताए । 
 
एउटा बस समितिमा दर्ता गर्दा रु १५ लाखदेखि रु २० लाखसम्म तिनुपर्ने बाध्यता हटेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । 
 
उनले नेता तथा कार्यकतालाई संघीयता र सरकारविरोधी हमलाको सामना गर्न कार्यकर्तालाई निर्देशन दिए । 
 
“जनताको साथ चाहिने भएकाले पछाडि हटेर पनि सरकारले काम गर्नुपर्ने हुन्छ । सरकार लक्ष्यबाट भने पछि हटेको छैन” उनले भने, “जनतामा देखिएको भ्रम चिरफार गरी विरोधीको विरोधको सामना गर्नुपर्छ ।”