मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजा कार्यवाहक अध्यक्षमा न्यौपाने

नेजा कार्यवाहक अध्यक्षमा न्यौपाने


अमेरिका-  नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आइतबार बसेको बैठकले कार्यवाहक अध्यक्षमा विकास राज न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको छ । 
 
नेजाका अध्यक्ष सुदीप पन्तले घरायसी तथा पारिवारिक कारण दर्शाउँदै शुक्रबार दिनुभएको राजिनामालाई स्विकृत गर्दै बैठकले वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । 
 
नेजाको विधानको धारा ५.१.३ बमोजिम वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महासचिव किरण मरहठ्ठाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 
बैठकले एक वर्षको अवधिमा पु¥याएको योगदानको लागि पन्तलाई धन्यवाद ज्ञापन पनि गरेको छ । सन् २०१८ को जुलाईमा वासिङटन राज्यको सियाटलमा भएको नेजाको १२ औं साधारण सभाले पन्तको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो ।
 
नेजाको बैठकले संस्थाको गतिविधिमा कुनै पनि प्रकारको अवरोध नआउने र अझै तीब्र रुपमा गतिविधि अघि बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल लगायत सल्लाहकारहरु तारा बराल, आङछिरिङ शेर्पा, गौतम दाहाल र भोला आचार्यको समेत उपस्थिती थियो । 
 
अमेरिका र क्यानडामा रहेका नेपालीमुलका पत्रकारहरुको साझा संस्था नेजा सन् २००७ मा स्थापना भएको हो । यसले अमेरिका र क्यानडामा रहेका नेपाली समुदायको आवाजलाई संसारभरिका नेपाली माझ पुर्याउनुका साथै सामुदायिक गतिविधिमा समेत सकृय सहयोग गर्दै आएको छ । 
बैठकले न्यौपानेको नेतृत्वमा संस्थालाई अझै उचाईमा लैजाने प्रतिवद्धता जनाएको छ ।