मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आजदेखि मन्दिरमा बच्चाहरुका लागि समर क्याम्प

आजदेखि मन्दिरमा बच्चाहरुका लागि समर क्याम्प


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को संयुक्त आयोजनामा आइतबारदेखि बालबालिकाहरुका लागि आध्यात्मिक समर क्याम्प सुरु हुँदैछ ।
 
पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हुने समर क्याम्पमा प्रमुख प्रशिक्षकका रुपमा नेपालबाट डा. चिन्तमणि योगी आइसक्नुभएको छ । यस पटक समर क्याम्पमा सामुदायिक सेवा र अतिरिक्त कृयाकलाप, आध्यात्मिक तथा सांस्कृतिक कृयाकलापका विषयबस्तुमा केन्द्रित रहेर कक्षा सञ्चालन हुनेछन् ।
 
आउँदो जुलाई २४ सम्म हुने कक्षा हरेक दिन बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । बच्चाहरुलाई बिहानको ब्रेकफास्ट, दिउँसोको खाना र खाजा मन्दिरमै व्यबस्था हुने आयोजकले जनाएका छन् ।
 
प्रति विद्यार्थी एकसय २५ डलर शुल्क रहेको समर क्याम्पमा एकै परिवारका दुईजना बालकहरु भएमा ५० डलर छुट दिइने जनाइएको छ । समर क्याम्पमा विद्यार्थीहरुका लागि स्वयमसेवा गर्न पाउने अवसर समेत रहेको आयोजकले जनाएका छन् ।