मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

भानु जयन्तिमा कविहरु पुरस्कृत

भानु जयन्तिमा कविहरु पुरस्कृत


ड्यालस (टेक्सस) – दुईसय ६ औँ भानु जयन्तिकाका अवसरमा शनिबार अन्तर्राष्ट्रिय साहित्य समाज ड्यालस च्याप्टरको आयोजनामा प्रतियोगितात्मक कवि सम्मेलन सम्पन्न भएको छ ।
 
अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना गरिएको सम्मेलनमा स्थानीय कवि, कवयित्रीहरुले आदीकवि भानुभक्तका बारेमा कविता सुनाएका थिए । अनेसास ड्यालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा गोपालप्रसाद भण्डारी, रमिला जोशी, चम्पा पाण्डे, भगवती पौडेल, प्रतिमा पौडेल, रामकुमार सुवेदी, भोजबहादुर बलायर, विज्ञान रिमाल, राधाकृष्ण काफ्ले, नन्द रेग्मी, निर्मला राई, सुमन काजी लगायतले कविता वाचन गरेका थिए ।
 
सुमन काजीले सञ्चालन गर्नुभएको कार्यक्रममा शैलेशराज आचार्य, बासु शर्मा र बासु भण्डारी निर्णायक मण्डलमा रहनुभएको थियो । प्रतिगोगितामा विज्ञान रिमाल प्रथम, प्रतिमा पौडेल द्वितीय र पूजा वागीश तथा रमिला जोशी तृतीय भएका थिए । प्रथम हुनुभएका रिमाललाई रामायण पुरस्कार स्वरुप प्रदान गरिएको थियो । 
 
सोही अवसरमा तीनजना साहित्यकारहरुलाई संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । सदस्यता प्राप्त गर्नेहरुमा उत्तम शर्मा लामिछाने, डा. नन्द रेग्मी र धनञ्जय ढकाल हुनुहुन्छ ।