मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मेरा आखाहरुले रोई सकेछन

मेरा आखाहरुले रोई सकेछन


मैले पनि होईन मेरा आखाहरुले तिम्रा लागि रोईसकेछन। धेरै पहिलेदेखि बच्चुकैलाशले गाएको यो सदाबहार गीत सुन्दै आएको छु। यस्मा  छेत्र प्रताप अधिकारी शव्द र नातीकाजीको संगीत रहेको छ। यो गितले एऊटा पुरुष र महिलाका बिचमा हुने भावनात्मक सम्वन्धको गहिराईलाई छोएको महसुस हुन्थ्यो। अनि म पात्रले नरोईकन आखाले मात्रै कसरी रोए होलान? भन्ने प्रश्न मनमा उठथे शव्दको अर्थ गर्न खोज्दा।
 
तर ती गीतका हरफहरुले मलाई आज अर्कै अर्थ दिईरहेका थिए। जब राकेशजीले जुन ११, २०१९ का दिन विहानै भर्ने  दादा अब अखिलेशजी नहिरहैI 
 
मैले आफनै आखाहरु आज अनायास रोएको देखे। म भने यी आखाहरुबाट बहदै गरेका आशुहरु हेरिरहेको थिए। मेरो घाटीबाट रुवाईको चित्कार निस्कन खोजि रहेको थियो। मैले केहीबेर सम्म हेरिरहे साक्षीभावले आफनै वर्तमान अवस्थालाई। करिब १९ बर्षदेखि मेरा पांच ईन्दीयहरुले ऊनीसंग बिताएका पलहरुलाई शरिरका विभिन्न कोशहरुमा रेकर्ड गरेर राखेका रशहरु आखाबाट बहदै थिए। यी वेदनाका रशहरुको अनुभुती दुखदायी भएर पनि पिडा भने मिठो दिईरहेका थिए। प्रशव वेदनाको बेलामा युवतीले सहवासको क्षणको पनि अनुभव गरेमmै। ताकि फेरी पनि यस्तो प्रकृया दोहोरियोस। उत्ताबाट राकेशजी रुदै भन्दैथिए ै दादा आपनेको सम्हालो ै। म राकेशलाई भन्न खोजि रहेको थिए। मै तो ठिक हुं आप अपनेको सम्हालो“ तर मेरो आवाज निस्कीरहेको थिएन। आखाहरु भने अमmै रोई रहेकै थिए। 
 
अखिलेश कृष्ण पेशाले वकिल हुन। ऊनी नयादिल्लीबाट न्युर्योक आएका थिए। डिसेम्बर १०, १९६३ मा जन्मीएका एक्ला छोरा थिए। ऊनी त्यहा पनि वकिल, चार्टर एकाऊण्टेण्ट, अनि जिटिभिमा समाचार बाचकको रुपमा काम पनि गर्दथे। ऊन्का पिताजी प्रो.डा.सुरेशकृष्ण दिल्ली युनिर्भसिटीका पुर्विय दर्शन र हिन्दी साहित्यका प्राध्यापक, कवि, एवं विदेशी रेडियोका स्थानीय सम्वाददाता भएर काम गरी सकेका विद्धान हुन। र ऊन्की दिवंगत माताजी पनि त्यही प्राध्यापन गर्दथिन। पिताजीका साथमा रही ऊन्ले विदेशी रेडियोमा समाचार सम्पे्र्षणको काम पनि गरेका थिए।
 
ऊनी न्युर्योकको टुरो ल कलेजको एलएलएमको अन्तीम बर्षमा अध्ययनरत रहदा म त्यहा विद्यार्थी हुन पुगेको थिए सन १९९९मा। छोटोकद र हसिलो मुहार भएका अखिलेशलाई अव्वासीले पण्डीतजी आप कैसै हो?। भनेर सम्वोधन गर्दथ्यो। जवाफमा ऊनी मुस्काऊदै भन्थे मै ठिक हु सर। अखिलेश जैन परिवारबाट आएकोले लसुन र प्याज समेत नखाने साहाकारी थिए। नियमित रुपबाट पुजापाठ गर्दथे। ऊनी आफनो वकालतको साथै न्युर्योकको एऊटा कलेजमा पार्टटाईम पढाऊदथे पनि। यीन्लाई साहित्य, संगित,र कला लगायतका विविध विद्यामा उत्तिकै दखल थियो। परिवार र साथीभाईलाई समस्या परयो भने अखिलेशलाई सम्मmन्थे। ऊनी कृष्ण मmै थिए। आर्दश पती, पिता, भाइ, अनि गोपीनीहरुका लागि सखा।यशोदाहरुका लागि कान्हा। बाहिर खान जानु परयो भने साथीहरुले खादै गर्दा ऊनी क्रे्रडिड कार्ट बोकेर काउण्टरमा पुग्दथे। ऊनी रक्सी पिऊदैनथे। तर पिऊनेहरुको पार्टीमा सामेल भै अरुलाई पिलाऊथे। अनि रमाईलो बढी उनी गर्थे। मात उन्लाई लाग्थ्यो। 
 
आफनी एक्ली छोरी मिनाक्षीले नेपालका गरिब बाल बालिकाका,सोलुको विद्यालयमा छाना लगाऊने प्रोजेक्ट, टेक्सास स्थित एचपिएनपी र कैन्सर रिसर्चको सहयोगार्थ प्रत्येक बर्ष फण्ड रेजिंगका लागि आयोजना गर्ने कार्यक्रममा ऊनी श्रीमती डा. कल्पनाका साथ सकृयतापुर्वक सहभागी हुन्थे। कार्यक्रममा हार्वभर, पेन, स्टानफर्ड, ऐल, लगायतका कलेजहरुमा पढने भारतीयमुलका विद्यार्थीहरु सहभागी हुन्थे। मिनाक्षीले नेपालका लागि संकलन गरेको सहयोग कवि दिनेश अधिकारी, तत्कालीन सचिव समाजकल्याण मन्त्रालय र म मार्फत नेपाल पठाईएकी छन। मिनाक्षीले हार्डवरबाट स्नातक पुरा गरिन र हाल कोलम्वीयामा पढदैछिन। अहिले पनि नेपाललाई सहयोग गर्ने भाव उनीमा छ।
 
अखिलेशको वहुआयामीक व्यक्तित्वका बारेमा लेखेर सकिदैन। त्यसैले केही अविस्मरणिय कुराहरु टिपोट गर्नु ऊचित हुन्छ।
ऊनी मेरो अफिसमा अफ काउन्सीलको रुपमा आई रहन्थे। मन खोलेर हास्नु परयो भने। भाषा र अन्य जटिल समस्या अयो भने म ऊन्को सहयोग लिने गर्दथे। एनआरएन अमेरीकाको २०१४ को निर्वाचनको लागि मैले खटेको देखेर ऊन्ले भने, आपको पैसे मिल्ते है क्या? मैले भने। नहि सर। फेरी उन्ले सोधे क्यु यीत्ने लोग उम्मेदवार बन रहे है? मैले भने, सर पद पाने के लिए। फेरी सोधे, पद के सिवाय और क्या मिलता है? मैले भने कुछ नहि?। उन्ले भने हमारे भी है एनआरआई मगर यीस तरह से चुनाव नहि होते है। अनि मैले उन्लाई भन्थे ‘ सर प्लिज हेल्प मि टृ ड्राफट दिस नोटीस। अनि ऊनी मलाई सघाऊन थाल्दथे।
 
अखिलेशले मलाई अद्यागमन सम्वन्धि अपठयारो परेका मान्छेका काम पठाऊथे। र पैसा आफनै अफिसको चेकबाट दिन्थे। मलाई लाग्थ्यो ऊन्ले क्लाईन्टबाट पैसा लिएका होलान। तर पछि थाहा पाऊथे उन्ले कतिपय क्लाईन्टबाट पैसा लिएका हुदैनथे। किनकि तीनीहरु असमर्थ पक्ष थिएरे। मैले पनि कतिपय कामहरु उन्लाई पठाऊथे। तर ऊनी अतपत पैसा लिन मान्दैनथे। र भन्थे रख लो दादा बादमे देखेेंगे। म करिब दुई महिना अगाडी उन्लाई घरमा भेटन गएको थिए, मेनुका, प्रभात र परिता पनि संगै थिए। हिडने बेलामा मलाई ऊन्ले एऊटा चेक दिए। त्यो चेक मैले ऊन्लाई निकै अगाडी दिएको थिए एऊटा काम गरे वापतमा। ऊन्ले भने दादा ऐ चेक रखलो। अखिलेश र मेरो बिचमा भएको कारोबारको बारेमा थाहा पाएका एकजना मित्रले ऊन्को मृत्युको खवर सुनेर सोधे। व्यवहार त मिलेको थियो होला नी?  
 
अखिलेश, ऊन्का पिताजी, र छोरी मिनाक्षीको कविता बाचन हामीले श्रृजनाका यात्राहरुमा गराएका थियौ न्युर्योकको ज्याक्सन हाईटमा। पिताजीबाट साहित्य र दर्शनका बारेमा शहदेवभाई र मैले धेरै प्रश्नहरु पनि राखेका थियौ। प्रदिप थापाजी र मैले पिताजीसंग साहित्य र दर्शनका बारेमा मेरै अफिसमा सम्वाद गरेका थियौ। यस्को जोहो मिलाऊने अखिलेशनै थिए। अखिलेशले लंगआइलेण्डमा फेरी अर्को नया घर किने। मलाई त्यो घरमा आऊन उन्ले कर गरि रहेका थिए। ऊनी भन्थे दादा, मेनुकाजी ओर आप आ जाओ विकेण्डम। स्वीमिंग करो, ध्यान करो, बागमे सैर करो। बहुत अच्छी जगह है।  ऊन्लाई थाहा थियो म ड्रईभ गर्दिन भनेर। त्यसैले ऊनी भन्थे, गाडीवाले और एक कपलको भी साथमे लेके आयो। बहुत कमरे है। तर म जान सकि रहेको थिईन। 
 
अखिलेशजीले एकदिन भने पिताजी आएहै क्यालिफोर्नियासे। कुछ समय यही रहेंगे। ८५ बर्ष नाघि सकेका अस्वस्थ पिताजी न्युर्योकको मौसमको कारणले गर्दा छोरी रिजुसंंग क्यालिफोर्निया नै बस्नु हुन्छ। मलाई पिताजीसंग साहित्य र दर्शनका बारेमा केही सत्संघ गर्न पाए हुन्थ्यो भन्ने जिज्ञासा आयो। र मैले आफनो भाव अखिलेशजीलाई व्यक्त गरे। उन्ले मलाई कहिले र कतिजना आऊने जानकारी गराऊ भने। मैले अनेसास, न्युर्योकका अध्यक्ष राजेन्द्र श्रेष्ठसंग केही नामहरु मागे। मेनुका,म, राजेन्द्र, डा.तारा निरौला, डा. गोविन्द कोईराला, राम र गीता खत्री, शकुन, परिता, प्रभात, हजुरी, र अन्य केही साथीहरु अखिलेशजीको घरमा शनिवारका दिन गयौ। 
 
हामीलाई पिताजी, अखिलेश, भाउजु, मिनाक्षी, र अन्य परिवारका सदस्यले स्वागत गर्नु भो। उन्को यो नया घर फिल्म स्टुडियो खालको छ। जंगल भित्र एकान्तमा। घर। घर वरिपरीको रमणिय वातावरण हेरेर हामी मोहित भयौ। सबै जना फोटो खिच्न र खिचाऊन थाले। त्यसपछि हामी कार्यक्रम हुने र खाने कुराहरु सजाएको ठाऊमा गयौ। मिठाई र खानाका परिकारहरु देखेर हामी छक्क परयौ। एकपछि अर्को परिकारहरु अखिलेश, भाउजु, मिनाक्षीहरु ल्याईरहेका थिए। मानौ हामी कुनै साही भोजमा छौ। मलाई सहभागीहरु सोध्दै थिए, हैन दाई यो तपाईको साथी त ठुलो दिलवाला रहेछ। मैले आफुलाई कृष्णको घरमा पुगेको सुदामा जस्तो अनुभव गरे।
 
पिताजीसंग गरिएका सत्संघको फोटो र भिडियो परिता र प्रभातले लिए। पिताजीले साहित्य, दर्शन, र धर्मको बारेमा दिएका जानकारी पछि हामीहरुले ऊहासंग धेरै प्रश्नहरु राख्यौ। र तीनका उत्तरहरु पनि पायौ। पिताजीसंग भएका सत्संघको भिडियोलाई सम्पादन गरेर निकाल्नका लागि अखिलेशजी र म काम गर्दै थियौ। जुन पुरा भएन। आशा छ निकट भविष्यमा म निकाल्ने छु।
 
अखिलेशजी नियमित रुपले डाक्टरकहा गै रहने। पथ परहेजमा रहने मान्छे हुन। करिब १६ महिना अगाडी अफिसमा काम गरि रहेका बेला ऊन्लाई घरमा बोलाईएछ। ऊनी पुग्दा डाक्टर र परिवारका सदस्यहरुले रुदै भनेछन। उन्लाई पेनक्रियाजको क्यान्सर भएछ। अनि उन्को उपचार सुरु भयो। मलाई उन्ले सुरुमै भनेका थिए यी कुराहरु। तर मलाई ऊन्ले भने दादा मेनुकाजीको ए बात मत बताना। अखिलेशलाई थाहा थियो मेनुकाले अनावस्यक पिर लिन्छीन भन्ने।
 
म अप्रिलको ३, २०१९ का दिन हिडे नेपाल बालगुरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन। जानु भन्दा केही दिन अगाडी ऊनीसंग कुरा भयो। एऊटा प्रसंगमा उन्ले भने दादा बहुत लोगो को ए भी पता नही है कि उन्के मृत्यु कब होगी। मगर डाक्टर ने कह दिया है मै कब तक जिन्दा रहुंगा। मै तो निस्चित हु उसके आगे नहि मरुंगा। वहिनी रिजुलाई ऊन्ले भन्थे रे, भगवानने मेरे लिए अधुरे काम पुरा करने के लिए समय दिया है। अखिलेशले भनेका यी भनाईले मलाई आजभन्दा करिब ३५ बर्ष अगाडी मृत्यु भएका मेरा सहकर्मी मित्रलाई सम्मmीए। ऊनी करिब २५ बर्षको उमेरमा वितेका थिए। ऊन्को मृत्युले ममा एऊटा भय पस्यो। मृत्युदेखि डर लाग्न थाल्यो। अनि म चिन्तामा डुव्न थाले। डाक्टर र वैद्यको दवाईले काम गरेन। सबैले मलाई डिप्रेशनमा छ भने। तर म पत्याऊदिन थे। अनि म आजीत भएर विपश्ना ध्यानमा गए १९९४ मा।
त्यसपछिको निरन्तरको सत्संघले ममा एऊटा पराभौतीक ज्ञान पस्यो। म मन, बुद्धि, र शरिर होईन। म चैतन्यस्वरुप आत्मा हु। म न त जन्मन्छु नत मर्दछु। मर्ने त केवल मेरो शरिर हो। म जागृत, स्वप्न, र सुसुप्ती अवस्था भन्दा माथी रहेको। र यी तीनै अवस्थालाई जान्ने साक्षी हु। अखिलेशले मृत्युलाई यसरी सहज रुपबाट स्वीकारेको सुनेर म फेरी मृत्युबाट निर्भय भए। ममा वैदीक साहित्य प्रतिको श्रद्धा र विस्वास अमm बढयो। अनि मैले भरखरै आफनै रचना र संगीतमा रेर्कड गरेको तलको गीत सम्मmीए।  
 
जन्मने र मर्ने, म हु कि? मेरो शरिर?
गुरुजी् हटाई पाऊ, यो मनको पीर। 
 
भन्नुभो् गुरुल्े सुन् ज्ञानका कुरा 
पन्छाइ एकछिन बुद्धिका कुरा
तिम् िचेतना हौ् कुनै वस्नु होईनौ
तिम् िसर्वत्र छौ्, शरिर होईनौ।
सास्वत छ चेतना शरिर नासिन्छ
अज्ञानी तिम्रो मन, शरिरमा टासिन्छ। 
न मर्दर्छाै तिमि, न मर्छन अरु
तिम्रो अज्ञान डढाऊ, बनाई चरु।