मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेक्सिकोवाट अमेरिका छिर्न खोज्ने ६ बर्षकी भारतीय बालिका मृत अवस्थामा फेला परिन्

मेक्सिकोवाट अमेरिका छिर्न खोज्ने ६ बर्षकी भारतीय बालिका मृत अवस्थामा फेला परिन्


जुन दिन ती सानी बालिकाको मृत्यु भयो उनी जन्मेको स्थान भन्दा हज्जारौं माईल टाढा थिईन ।
 
अमेरिकी सिमा सुरक्षा गस्तीले ती भारतिय बालिकाको अस्थिपञ्चर मानिसका लागि अनपुयुक्त तापक्रम भएको  मरुभूमीमा फेला पारेका थियो । एरिजोना राज्यको ल्युकभेली भन्दा १७ माईल पश्चिममा ती बालिकाको बांकी अस्थिपञ्चर भेटिएको हो ।
 
मानवतस्करहरुले गैरकानुनी रुपमा मेक्सिकोवाट अमेरिका छिराउन प्रावासीलाई जोखिम र मानवका लागि अनुपयुक्त मरुभुमिको वाटो उपयोग गरेका थिए । एरिजोनाका स्वास्थ्य अधिकृतले ती ५ बर्षकी बालिका गूरुप्रित कौरको अत्याधिक गर्मीका कारण मृत्यु भएको जनाएको छ । त्यस स्थानमा बुधवारको तापक्रम करिव १०८ डिग्री  फरेनहाइट थियो ।
 
यो मृत्युसंगै अमेरिका मेक्सिको सिमामाको यर्थाथ र केही बर्ष यता बढ्दै गएको भारतीय प्रवासीको चापपनि बहसको विषय वनेको छ ।
 
अमेरिकाको दक्षिण पश्चिम सिमा क्षेत्रमा गैर कानुनी रुपमा अमेरिक छिर्न खोज्दा पक्राउ पर्ने भारतीय नागरिकको संख्या ह्वात्तै वढेको छ । सिमा गस्तीको तथ्यांक अनुसार सने २०१८ को अािर्थक बषृमा ८ हजार ९९७ भारतीयलाई हिरासतमा लिईएको थियो । यो अधिल्लो बर्षका तुलनामा झण्डै तीन गुनाले वढी हो । यस अघिको अािर्थक बर्षमा २ हजार ९४३ जना समातिएका थिए ।
 
तर, यद्यपी भारतवाट यसरी गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्नेको संख्या समग्रमा २ प्रतिशत भन्दा कम छ । पक्राउ पर्नेमा अधिकांश मेक्सिको, ग्वाटेमाला, हन्डुरत र एलसाल्भाडोरका छन् । तर, भारतीय हिरासतमा पर्ने क्रम अत्याधिक वढ्दो रहेको होमल्याण्ड सेक्यूरिटीजका अधिकारीले वताएका छन् । यस्तै उक्त सिमा क्षेत्रवाट छिर्न खोज्दा पक्राउ पर्ने बंगलादेशीको संख्यापनि बढ्दो क्रममा छ । सन् २०१८ मा ११९८ बंगलादेशी पक्राउ परेका थिए । यो अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बर हो ।
 
ती मृत्यु भएकी बालिका कस्कोसाथमा आएकी थिईन त्यो पत्तालागेका छैन । तर, उनी परिवारका सदश्यसंग आएको हुनुपर्ने अनुमान छ ।
 
एशिया, अफ्रिका लगायतका देशवाट अमेरिका छिर्न कयौं मध्येअमेरिकी देश लगायत ब्राजिल, इक्वोडरमा प्रवेश गरी सडक मार्गवाट मेक्सिको हुदां अमेरिकाको बाटो लिन्छन् । यो क्रममा आउने आप्रावासी समातिने क्रमपनि अहिले वढेको छ । यसरी पक्राउपर्नेको संख्या दोब्बर भएको वताईएको छ ।
 
गत मे महिनामा मात्र ११ हजार बालबालिका र ८४ हजार अन्य पक्राउ परेको सिमा गल्तीले जनाएको छ ।
 
यो वाटोवाट कहिले कांही जोखिम लिदैं नेपालीहरु पनि आउंछन् । यो क्रममा केही नेपालीले लाखौ गुुमाएर फर्केका उदाहरण पनि छन् । सीएनएन / तस्बिर: सामाजिक संजाल