हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासीय नेपाली संघ (एनअारएन) एनसीसी अमेरिकाको गत साता भएको निर्वाचनमा पराजित उम्मेदवार सुर्य लम्सालले चुनावको निष्पक्षतामा प्रश्न उठाउँदै गैर आवासीय नेपाली संघ आईसीसीसँग जवाफ मागेका छन् ।
एनआरएनए महासचिव डा बद्री केसीलाई सम्वोधन गरी लेखिएको पत्रमा लम्सालले संवेदनशील समयमा उठेका मुद्दालाई वेवास्ता गर्दा एनआरएनए अमेरिकाको निर्वाचन प्रकृयाको निष्पक्षतामा प्रश्न उठेको उनले उल्लेख गरेका छन् ।
तपाईले (डा केसी) एनआरएनए अमेरिकाका बारेमा उठेका असहमती र मुद्दामा सकृय सहभागिता जनाउनुभएको थियो भन्ने उल्लेख गर्दै लम्सालले नेपाली समय अनुसार मे १८ दिउसो २ बजे भएको कन्फ्रेन्स कलको माइन्यूट लगायत अन्य रेकर्डहरु माग गरेका छन् ।
यस्तै लम्सालले पत्रमा एनआरएनए अमेरिकाको सदस्य प्रकृयाका सम्पुर्ण विवरण पनि उपलव्ध गराउनका लागि निर्देशन दिन समेत केसीसँग माग गरेका छन् ।
लम्साल गत शनिवार र आईतवार भएको एनआरएनए अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । उनी दोस्रो स्थानमा आएका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार संजय थापाले भने चुनावी नतिजा स्वीकारेका छन् ।
उक्त निर्वाचनमा करिव ७ हजार मत खसेको थियो । एनआरएनए अमेरिकामा करिव ९ हजार मतदाता थिए । एनआरएनए अमेरिका कार्यसमिति, आईसीसी सदस्य र २० राज्यमा च्याप्टरका लागि २ सय जना भन्दा वढी उम्मेदवार थिए । निर्वाचित पदाधिकारीको पदस्थापन भएको छैन ।
लम्सालले उक्त पत्र एनआरएनए अध्यक्ष भवन भट्ट, अमेरिका क्षेत्रका संयोजक गौरी जोशी, उपसंयोजक नविन शेरचन, एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेल लगायतलाई पनि वोर्धार्थ (सीसी) गरेका छन् । डा केसीले उक्त पत्रको जवाफ पठाउन बाँकी छ ।
प्रतिक्रिया