मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाँचथरमा नरसंहार : एकै परिवारका ९ जनाको विभत्स हत्या

पाँचथरमा नरसंहार : एकै परिवारका ९ जनाको विभत्स हत्या


फिदिम । पाँचथरको मिक्लाजुङमा सोमबार राति एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–३ आरुबोटमा बमकुमार फियाक(लिम्बु) र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको प्रहरी निरीक्षक अरुणकुमार पौडलले जानकारी दिएका छन् । 
 
प्रहरी निरीक्षक पौडेलकाअनुसार मारिनेमा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया एक्सा शेर्मा, ३६ वर्षीया जसिता फियाक, २६ वर्षीया मनकुमारी फियाक रहेका छन् ।  त्यसैगरी ६ वर्षीया इक्सा शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो । 
 
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । मुकुन्डो लगाएका हतियारधारीले आक्रमण गरेको सीताले बताएको प्रहरीले जानकारी दिएको छ । उनी गम्भीर घाइते छिन् । 
 
घटनामा बमबहादुर फियाकका ४ जना र ज्वाइँ धनराज शेर्माको परिवारका ५ को हत्या भएको प्रहरीले जनाएको छ । धनराजको परिवारका ५ जनाको शव घरभित्रै तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र  र बाहिर विभत्स अवस्था भेटिएको वडाध्यक्ष हस्तराज फियाकले बताए । 
 
राति घटना घटे पनि स्थानीयले मंगलबार बिहानमात्रै थाहा पाएका थिए ।  घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थलतर्फ लागेको छ ।
 
घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । हत्याहिंसाको श्रृंखला चलिरहँदा एकै परिवारका नौ जनाको हत्या हुनेगरी घटना भएको यो नै पहिलो हो । (-एजेसीहरुको सहयोगमा)