मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा आइतबार चार कार्यक्रम सम्पन्न

ड्यालसमा आइतबार चार कार्यक्रम सम्पन्न


हिमालयखबर संबाददादा 
ड्यालस (टेक्सस) – आइतबार एनआरएन अमेरिकाको चुनावी चटारोका बीच ड्यालसको नेपाली मन्दिरमा चारवटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।
 
बुद्ध जयन्तीका अवसरमा मन्दिरभित्र दिउँसो १ बजे भजन सहित विशेष कार्यक्रम आयोजना हुँदैथियो भने सँगसँगै बाहिर ‘मेगा ब्लड ड्राइभ’ भैरहेको थियो । अपरान्ह अन्तर्राष्ट्रिय साहित्य समाज ड्यालसको आयोजनामा महानन्द सापकोटाको जन्म जयन्तीका अवसरमा साहित्यीक कार्यक्रम हुँदैथियो भने सँगै नेपाली समाजको हलमा सञ्चारकर्मी हरिशरण लामिछानेद्वारा तयार पारिएको ऐतिहासिक डकुमेन्ट्री ‘कथा नालापानीको’ प्रदर्शन गरिएको थियो ।
 
ब्लड डोनर्स अमेरिकाले नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र लगायतका संस्थाहरुसँगको संयुक्त आयोजनामा आयोजना गरेको मेगा ब्लड ड्राइभमा अहिलेसम्मकै सबैभन्दा बढी रक्तदाताहरुको सहभागिता भएको आयोजकहरुले जनाएका छन् । 
 
एकसय ३५ जनाले रक्तदान गरेको बिडिएका पदाधिकारीहरुले जानकारी दिएका छन् । कार्यक्रमलाई सफल बनाउन ड्यालसका नेपाली संघसंस्थाहरुको सकृय सहभागिता थियो ।
 
बुद्ध जयन्तिका अवसरमा आयोजित कार्यक्रममा भक्तजनहरुको उल्लेख्य रुपमा सहभागिता थियो । त्यस अवसरमा बुद्धका वचनहरुका बारेमा चर्चा गर्नुका साथै भजन समेत प्रस्तुत गरिएको थियो ।
 
अनेसासंले आयोजना गरेको कार्यक्रममा स्थानीय कवि, कवियत्रीहरुले कविता वाचन गरेका थिए । सो अवसरमा महानन्द सापकोटा पुरस्कार नेपालमा भाषा साहित्यको विकासमा कृयाशील नेपाली साहित्य परिषदलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।
 
अपरान्ह नेपाली समाजको हलमा प्रदर्शन गरिएको कथा नालापानीको डकुमेन्ट्री हेर्नका लागि स्थानीय नेपाली समुदायका अगुवाहरुको उपस्थिती थियो । त्यस अवसरमा सञ्चारकमी लामिछानेले दुई शताव्दी अघि नेपालीहरुले नालापानीको किल्लामा अंग्रेजहरुसँग नेपालीले लड्दाको ऐतिहासिक तथ्यहरुलाई डकुमेन्ट्रीले प्रष्ट पारेको बताए । उनले डकुमेन्ट्री इतिहासको पुस्तक जस्तो भएको पनि उल्लेख गरेका थिए ।