मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राष्ट्रसेवक कर्मचारी चुस्त हुनैपर्छ : मुख्यमन्त्री राई

राष्ट्रसेवक कर्मचारी चुस्त हुनैपर्छ : मुख्यमन्त्री राई


विराटनगर । वर्तमान परिवर्तनलाई दिगो बनाउन राज्यका हरेक संयन्त्रमा रहेका पदाधिकारीले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिइएको छ ।
 
सेवाप्रदत्त कार्यालयले जनताका भावना र आकाङ्क्षालाई केन्द्रमा राखेर सेवा गर्न सकेमात्र जनताले सुशासनको अनुभूति गर्नसक्ने भएकाले यसतर्फ राष्ट्रसेवक कर्मचारीको ध्यान जानु जरुरी भएको यहाँ आयोजित एक अन्तक्र्रिया कार्यक्रमका सहभागीले जोड दिएका हुन् । 
 
प्रशासकीय अदालत तथा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिद्वारा आज यहाँ आयोजित ‘प्रशासकीय न्याय, सकारात्मक सोंच र सेवा प्रवाह’ विषयक अन्तक्र्रियामा उनीहरूले मुलुक असफल हुनाका कारण सुशासनको अभाव भएको ठहर गर्दै राज्यप्रति बफादारी नभएसम्म देशले अपेक्षित लाभ लिन नसक्ने बताएका हुन् । आर्थिक अनुशासन, वित्तको उचित बाँडफाँट, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, नैतिकता र बफादारीलाई खस्कन नदिन कर्मचारी सचेत भएमा मात्र जनताले रोजेका वर्तमान शासन प्रणालीले मूर्त रुप लिनसक्ने उनीहरूले बताए । 
 
प्रदेश नं मुख्यमन्त्री शेरधन राईले जनताको आस्था र विश्वाससँग जोडिएका राष्ट्रसेवक कर्मचारी चुस्त र दुरुस्त हुनुपर्ने बता । जनतामा नयाँपन दिन कर्मचारीका जीवन र कार्यशैलीमा परिवर्तन आउनुपर्छ भन्दै उनले सङ्घीयता र संविधानको भावनाबमोजिम कर्मचारीले काम गर्नुपर्ने सुझाव दिए । अहिलेको चुनौतीलाई अवसरमा बदलेर कर्मचारीले काम गर्नुपर्छ  भन्दै मुख्यमन्त्री राईले कर्मचारीको सोच र नैतिकतामा कमी आउन दिनुहुँदैन भने ।
 
आयोजक समितिका अध्यक्ष काशीराज दाहालले राज्यप्रतिको बफादारीमा कमी भएमा मुलुक समृद्ध हुन नसक्ने भएकोले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भने । विराटनगर पुनरावेदन अदालतका मुख्य न्यायाधीश शिवराज अधिकारीले कानून र न्याय प्रणाली बलियो बनाउनसके जनताले अनावश्यक दुःख नव्यहोर्ने उल्लेख गरे ।
 
प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले हाम्रो काम गर्ने परम्परा खुला र पारदर्शी हुनुपर्ने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कर्मचारीले जनतालाई दिने सेवा सहज र सरल हुनुपर्नेमा चर्चा गरे । प्रशासकीय अदालतका सहरजिष्ट्रार अच्युत कुइँकेलले अहिलेको युगमा कर्मचारीबाट जनता भयवित हुन नहुने वातावरण सिर्जना गर्नुपर्ने विचार व्यक्त गरे ।