मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

सरकार आफ्नै भजन गाउन व्यस्त छ : गोविन्द गौतम

सरकार आफ्नै भजन गाउन व्यस्त छ : गोविन्द गौतम


विसं २०२५ पुस १२ गते जन्मिएका गोविन्द गौतम राजनीतिक र सामाजिक क्षेत्रमा लोकप्रिय नाम हो । रत्ननगर १२ घेघौली निवासी उनी सधैँ सामाजिक सरोकारका विषयमा चासो र चिन्ता राख्छन् । विद्यार्थी जीवनमै बीपीको भाषण सुनेर प्रजातन्त्रिक व्यवस्थाप्रति आकर्षित भएका उनी निष्ठाको राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्छन् । नेपाल ल क्याम्पस काठमार्डौँबाट कानुन विषयमा स्नातक गरेका उनी ०३६ सालको जनमतसंघर्ष, सत्याग्रह हुँदै हरेक लोकतान्त्रिक आन्दोलनहरुमा अग्रपंक्तिमा रहेर आन्दोलनलाई उचाईमा पु¥याउन मह¤वपूर्ण भूमिका खेल्दै आएका छन् ।
 
०४६ सालको जनआन्दोलनमा अग्रज नेताको कमाण्डमा आन्दोलनको उभार थप्नेक्रममा काठमाडौँमा पक्राउ परेका उनी एकसाता बग्गीखाना जेलमा बसे । यस्तै, ०६२/६३ को जनआन्दोलनमा पनि चितवनमा एक महिना आँपटारीमा बन्दी जीवन भोगे । त्यसबेला जेल यातना भोग्नेमा उनी चितवनमा दोस्रो नम्बरमा थिए । स्थानीय निकायको निर्वाचनमा रत्ननगर नगरपालिकाको मेयरका प्रत्याशी रहेका उनी दुई कार्यकाल तरुण दलको नगर सभापतिमा निर्वाचित भए । क्षेत्रीय संयोजक हुँदै जिल्ला कार्यसमितिको सहसचिव र सचिवालय सचिवको भूमिका निर्वाह गरिसकेका उनी हाल जिपी फाउन्डेसनको क्षेत्र नं १ का संयोजक रहेर आफ्नो अभियान जारी राखेका छन् । स्पष्टवक्ता र सामाजिक न्यायका लागि कटिबद्ध स्थानीय कांग्रेस नेता गौतमसँग हिमालय खबरले गरेको संवाद-
 
१) तपाईं स्थानीय निकायमा मेयरको प्रत्याशी पनि हुनुहुन्थ्यो । प्रत्याशी वा प्रतिपक्षीका दृष्टिले स्थानीय निकायको करिब दुई वर्षको मूल्यांकन कसरी गर्नुभएको छ ?
 
–स्थानीय निकायको निर्वाचनमा जुन ढंगले नेपाली कांग्रेसले जित्नुपथ्र्यो, दुर्भाग्य जित्न सकेन । कम्युनिस्टले जसरी जनताको सामाजिक न्याय, विकासको पहुँच र जीवनशैलीमा परिवर्तन ल्याउने प्रतिबद्धता गरेको थियो । त्यसको प्रतिफल भेटिएको छैन । नेकपाले जेजसरी घोषणापत्र ल्याएको थियो, त्यो अपेक्षा पूरा हुन सकेको छैन । जनताको पहुँच पुगेको छैन । स्थानीय निकायले गर्नुपर्ने कामकारबाही निकै कमजोर छ । स्थानीय निकायमा गरिएका पदपूर्तिहरु मनोमानी ढंगबाट भएका छन् । सार्वजनिक सूचना जारी गरेर कर्मचारीहरुको पदपूर्ति गर्नुपर्नेमा स्थानीय निकाय कार्यकर्ता भर्ती केन्द्रजस्तो बन्न पुगेको छ । पारदर्शी ढंगले कामकारबाही हुन सकेको छैन । पारदर्शी नहुनु आफैँमा ठूलो अनियमितता हो । यस्तै करोडौँ रुपैयाँ बेरुजु बढेको छ । जनप्रतिनिधिले मनोमानी ढंगले खर्च गर्ने प्रवृत्तिले बेरुजु बढेको हो । यसमा इमान्दारिताको पनि खाँचो देखिएको छ ।
 
२) कांग्रेस जिम्मेवार प्रतिपक्ष नभएकै कारण कम्युनिस्ट सरकारले प्रतिफल दिन नसकेको हो कि ?
 
–कांग्रेस स्थानीय तहदेखि केन्द्रसम्म नै एउटा जिम्मेवार प्रतिपक्षको भूमिका देखाउँदै आएको छ । सुरूवातका दिनमा कांग्रेस चुनावी नतिजाका कारण केही मौन भएको हो । त्यसपछि कांग्रेसले जनतालाई राहत हुनेगरी आफ्नो जिम्मेवारी निभाउँदै आएको छ । अस्वाभाविक कर वृद्धिबारे जनतामा जागरण ल्याउने काम कांग्रेसले उठाएको हो, त्यो पनि रत्ननगर नगरपालिकाबाट । रत्ननगर नगरपालिकाले अस्वाभाविक कर वृद्धि गरेपछि त्यसको विरोधमा चरणवद्ध आन्दोलनका घोषणा भए । त्यसले देशभर नै कर वृद्धिविरुद्ध आवाज उठायो । जनताको जीवनस्तर नउकासी कर वृद्धि गर्नु घातक कुरा हो भन्ने कुरा हामीले जनसाधारणमा अभियानका रुपमा पु¥याउन सक्यौँ । अन्ततः कर घटाउने विषयमा सबै जनता एकजुट भए । र, कांग्रेसकै नेतृत्वमा कर वृद्धि पुनरावलोकन गरी अस्वाभाविक कर घटाउन सफल भयौँ । कांग्र्रेस जिम्मेवार प्रतिपक्ष भएको ज्वलन्त उदाहरण हो यो ।
 
३) सरकारले प्रतिपक्षीलाई ‘के निहुँ पाऊँ कनिका बुकाऊँ’ भनेर विरोधकै लागि विरोध गरेको आरोप लगाउँदै छ नि ?
 
–हेर्नुस्, सरकारले के गरिरहेको छ भन्ने कुरा आमजनताले प्रत्यक्ष महसुस गरिसकेका छन् । हामी विरोधका लागि मात्रै विरोध गरिरहेका छैनौँ । ओली सरकार सत्तामा आएपछि जनताको जीवनमा घाम लाग्ला, समृद्ध नेपालको परिकल्पनामा सहयोग पुग्ला भनेर हामीले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने लागेको थियो । तर, ओली सरकारले त जनजीविकासँग सरोकार राख्ने सवालमा त कुरै छाडौँ । भ्रष्टाचारलाई संस्थागत गर्ने काम ग¥यो । विकास निर्माण र जनचासोका विषयमा सरकार निकम्मा सावित भइसक्यो । बाइडबडी, बूढीगण्डकी परियोजना, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा प्रकरणजस्ता काण्डैकाण्डहरु छताछुल्ल भए । सामाजिक सद्भाव बढाउनुभन्दा हत्याहिंसा, बलात्कार, अनियमितता, बेथिति र विकृतिहरु बढोत्तरी हुँदै गए । निर्मला पन्तजस्ता बालिकाहरुले न्याय पाउन सकेनन् । हाम्रा संस्थापक नेता कृष्णप्रसाद भट्टराईले देख्नुभएको काठमाडौँका जनतालाई मेलम्चीको पानी खुवाउने सपना अलपत्र अवस्थामा रोकिएको छ । तल्लो तहदेखि नै अनियमितताका प्रकरणहरु बढेर गएका छन् । अनि सरकारको यस्तो रमिताबारे मुख खोल्दा विरोधका लागि विरोध कसरी हुन्छ ?
 
४) कम्युनिस्ट सरकारको डेढ वर्षको मूल्यांकन कसरी गर्नुभएको छ ?
 
–वर्तमान सरकारको शैली हेर्दा नै यो सरकार जनताप्रति उत्तरदायी छैन । जनताको अधिकार कण्ठित हुँदै गएको छ । लोकतन्त्रको प्रतिफलका रुपमा सरकारले जनताका लागि जे दिनुपर्ने हो त्यो दिन सकेको छैन । सरकार आफ्नै गुणगान गाउन र आफैँले आफ्नो प्रचार गर्न उद्यत छ । एउटा उत्तरदायी सरकार पारदर्शी ढंगले चल्नुपर्छ । घोषण गरेअनुसार शून्य सहनशीलताको सिद्धान्तबमोजिम चल्नुपर्छ । अनियमितता आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने ओली सरकारले एकपछि अर्कोरुपमा बढ्दै गएको भ्रष्टाचारको श्रृंखला रोक्न सकेको छैन । यो सरकारसँग न जनताको विश्वास छ, न त कुनै भरोसा नै । सरकार जनताप्रति जनउत्तरदायी बन्न सक्नुपर्छ । किनभने जनता नै सर्वोपरि हुन् । विधिको शासन र संवैधानिक सर्वोच्चता बिर्सेर जनतालाई रैती ठान्ने शासकीय मनोवृत्ति कम्युनिस्ट सरकारमा हावी भइरहेको छ, आफूलाई मालिक ठान्ने परम्परावादी सोचको अन्त्य नभएसम्म यो सरकारले आफ्नै भजन गाएर मह¤वपूर्ण अवसर गुमाउँदैछ ।
 
५) सरकारले मिडिया काउन्सिल विधेयक संसद्मा प्रस्तुत गरेको छ । तपाईं कानुनका विद्यार्थीका नाताले यो विधेयकबारे के भन्नुहुन्छ ?
 
–जहाँ स्वतन्त्र प्रेस हुँदैन, त्यहाँ लोकतन्त्र रहँदैन । त्यसैले स्वतन्त्र प्रेस लोकतन्त्रका लागि अपरिहार्य कुरा हो । जहाँसम्म सरकारले मिडिया काउन्सिल विधेयक संसद्मा प्रस्तुत गरेको सन्दर्भ छ, यो सरकारको स्वेच्छाचारिता हो । मिडियामाथि अंकुश लगाउने गरी सरकारले प्रायोजितरुपमा उक्त विधेयक ल्याउन लागेको हो । जसको चौतर्फी विरोध पत्रकार र यससँग सम्बन्धित सरोकारवाला निकायले गरिसकेका छन् । पत्रकारहरुको पेसागत हकहितको विषयमा साझा संस्था नेपाल पत्रकार महासंघ र पत्रकार तथा सञ्चारसंस्थालाई नियमन गर्ने निकाय नेपाल प्रेस काउन्सिल अस्तित्वमै छ । पत्रकारहरुलाई आचारसंहिता सिकाउन यी दुवै संस्था आफैँमा काफी छन् । जबकि स्वतन्त्र प्रेसलाई मौलिक अधिकारकै रुपमा संविधानमै व्यवस्था गरिएको छ । एउटा जीवित संस्था रहँदारहँदै र संविधानमै स्वतन्त्र प्रेसको व्यवस्था हुँदाहुँदै सरकारलाई मिडिया काउन्सिल किन चाहियो रु यो प्रेसलाई कुण्ठित गर्न दुईतिहाईको सरकारले ल्याएको झेली विधेयक हो । नियन्त्रणमुखी पे्रस कहिल्यै स्वतन्त्र हुनसक्दैन । यो विधेयक तत्काल फिर्ता हुनुपर्छ ।
 
६) कांग्रेसको जागरण अभियान कहाँ पुग्यो ?
 
–कांग्रेसले देशभरिका सबै तह र निकायमा प्रारम्भिक चरणको अभियान वैशाख २५ गतेदेखि सुरू गरेको छ । अग्रज र युवा पुस्ताबीचमा समन्वय गर्न र गाउँ र नगरस्तरसम्म देखिएका तीता र नमिठा अनुभव र अनुभूतिहरुलाई बिर्सेर एकताबद्ध र सुदृढ कांग्रेस बनाउन कांग्रेसको जागरण सुरू भएको हो । लोकतन्त्रको ममं र भावनाअनुसार जनजनमा कांग्रेसको सुदृढीकरण गर्न गाउँगाउँमा पुग्ने काम भइरहेको छ । यसले कांग्रेसमा देखिएको गुपउपगुटको समस्या पनि समाधान हुने विश्वास मैले लिएको छु । अग्रज नेताहरुले पनि सुदृढ कांग्रेस बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । चितवनमा अग्रज नेताहरुले पनिा जनजागरण अभियानबाट कांग्रेसको सबै किसिमका गुटउपगुटको अन्त्य गरी सवल र सुदृढ कांग्रेस स्थापनाका लागि चासो र चिन्ता व्यक्त गर्नुभएको छ । गुटमा होइन जुटेर नै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न सक्छ । आगामी दिनमा कांग्रेस नेतृत्वको जनउत्तरदायी सरकार बनाउन पनि कांग्रेसजन एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । अहिलेको आवश्यकता पनि त्यही हो । गुटउपगुट त्यागेर जुटेर आगामी रणनीति बनाउन सकिए कांग्रेसको भविष्य सुनिश्चित छ । त्यसो भए संसारको कुनै शक्तिले पनि कांग्रेस परास्त गर्न सक्दैन ।
 
७) तपाईं जीपी फाउन्डेसनको क्षेत्रीय संयोजक हुनुहुन्छ । यो फाउन्डेसनले कस्तो गतिविधि गर्दैछ ?
 
–कांग्रेसका जिम्मेवार र अग्रज नेतृत्वहरुसँग समन्वय र बृहत छलफल गरी जीपी फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । कांग्रेसभित्र देखिएका चुनौतीपूर्ण अवस्थालाई पहिचान गर्ने लक्ष्यले यो संस्था गठन भएको हो । यसको लक्ष्य र उद्देश्य भन्नु नै पार्टीलाई एकताको सूत्रमा आवद्ध गर्ने र दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको योगदान र उहाँले देखाउनुभएको सहकार्य, सहमति र एकताको सन्देशलाई जनतामा लैजाने नै हो । आँखा खुलेदेखि आँखा नचिम्लिएसम्म देश र जनताको स्वतन्त्रता र अधिकार रक्षाका निम्ति संघर्ष गर्दै आउनुभएका श्रद्धेय नेताको मार्गदर्शनलाई अवलम्बन गर्ने अभिप्राय फाउन्डेसनको हो ।
 
उहाँको विचार र दृष्टिकोण भावीपिंढीलाई बुझाउन पनि यस संस्थाले आफ्नो भूमिका निभाइरहेको छ । राणाकालदेखि निरंकुश पञ्चायत हुँदै विभिन्न आन्दोलनहरुमा अग्रणी भूमिका खेलेर शान्ति, विकास र लोकतन्त्रका पक्षमा उहाँले खेल्नुभएको भूमिका दक्षिण एसियामै ठूलो मह¤व राख्छ । त्यसैले परिवर्तनको संवाहक नेता जिपी कोइरालाले विरोधीहरुलाई समेत विश्वासमा लिएर शान्ति प्रक्रियामा ल्याउनेदेखि जीवनको उत्तराद्र्धमा पनि उत्तिकै उत्साह र साहस प्रदान गर्ने उहाँको योगदानलाई जीवन्त तुल्याउन यस संस्थाले आवश्यक राजनीतिक तथा सामाजिक गतिविधि गर्ने छ ।