मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका अध्यक्षमा सुनिल शाहले जित्ने संभावना वढी

एनआरएनए अमेरिका अध्यक्षमा सुनिल शाहले जित्ने संभावना वढी


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाका तीन जना अध्यक्ष पदका उम्मेदवार सुनिल शाह, सुर्य लम्साल र संजय थापा मध्ये नतिजा कसको पक्षमा आउंछ  सोमवार विहानसम्म यो स्पष्ट हुने छ ।
 
तर, आइतवार दिउसोसम्मको अवस्थाले अध्यक्षपदमा सुनिल शाह बलियो देखिएका छन । जुन रुपमा मत खासिरहेको छ त्यस आधारमा सुनिलको जित्ने संभावना वढी छ । सुनिलले टेक्सस, क्यालिफोर्निया लगायतका राज्यमा बलियो पडक देखाएका छन् । न्यूओर्कमा सुनिल केही कमजोर देखिएपनि त्यहां सुनिल र संजयलाई मत बाडिंदा सुनिलको जित्ने संभावना वढेर गएको हो । सुनिल एक बर्ष अघि देखि लगातार विभिन्न राज्यमा पुगेका थिए यसले पनि उनलाई भोट पाउन सजिलो भयो । सुनिल संस्थापन पक्षका उम्मेदवार हुन् ।
 
सुनिलले टेक्ससमा आफ्नो समुहलाई चुनावसम्म कायम राख्न सक्दा पनि उनको संभावना वढेको छ । हिमालयखबरसंगको कुराकानीमा उनी जित्नेमा वढी ढुक्क देखिएका छन् ।
 
अध्यक्ष पदका उम्मेदवार सुर्य लम्सालले निष्पक्षरुपमै चुनाव भईरहेको जस्तो लागेको  वताए । मलाई त मेरो अवस्था बलियोजस्तै लाग्छ हिमालयखवरसंग उनले भने । संजय थापाले पनि निर्वाचनमा सम्मानजनक मत पाउने देखिएको छ र्। यो निर्वाचनले अमेरिका भरी नेटवर्क वनाउन थापा सफल भएका छन् ।
 
यो निर्वाचनमा एउटै प्यानलले जित्ने संभावना भने कम छ । मतदाताले वरिष्ठ उपाध्यक्ष लगायतका पदमा प्यानल भन्दा वाहिर गएर मत हालेका छन् ।
 
विशेष गरी वरिष्ठ उपाध्यक्ष पदमा अमृत सापकोटा र डा अर्जुन बञ्जाडे विच चर्को प्रतिस्पर्धा छ । केही मत अन्तरमा हार जित हुने संभावना छ ।
 
महासचिवमा पनि सानो मतको फरकले हारजित हुन सक्छ । सचिवमा अमृतबाबु कट्टेल बलिया देखिएका छन् । तर, प्रतिस्प्र्धा भने छ ।
 
यो चुनावमा भोट एकै ठाउंमा वसेर हाल्ने देखि फोन गरेर भोटका लागि आग्रह गर्ने क्रम चलिरहेको छ ।
 
नेपाल लगायत अमेरिका वाहिर हुनेहरुलाई भने मत हाल्न कठिन भएको छ ।