मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

हालसम्म करिब ६ हजार मत खस्यो

हालसम्म करिब ६ हजार मत खस्यो


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिको निर्वाचन जारी छ । आइतवार दिउसो सम्म करिव ६ हजार सदश्यले मतदान गरेको अनुमान गरिएको छ ।
 
सोमवार विहानसम्म एनआरएनए अमेरिकाको नेतृत्व कसले गर्छ त्यसको फैसला हुने छ । एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि सुनिल शाह, सुर्य लम्साल र संजय थापा चुनावी मैदानमा छन् ।
 
एनआरएनए अमेरिकाकाका सदश्य मतदाताको उत्साहजनक सहभागिता भईरहेको र मत दिईरहेको रिर्पोट मैले पाएको छु तर, यतीनै संख्यामा भोट खस्यो यो भने मैले हेरेको छैन निर्वाचन अधिकृत विश्वनाथ बरालले भने ।
 
मतदातालाई अझै भोट हाल्ने पर्याप्त समय छ, सवैको मत आओस यसका लागि १० मिनेटको समय दिन म आग्रह गर्छु बरालले भने ।
 
एनआरएनए अमेरिकामा करिव ९ हजार सदश्य छन् । एनआरएनए अमेरिकाको २४ कार्यसमिति, ६ जना आईसीसी सदश्य र २० राज्यका च्याप्टर कार्यसमितिका  लागि चुनाव भईरहेको छ । यसमा करिव २ सय जना भन्दा वढी उम्मेदवार छन् । केही र्निविरोध निर्वाचित भईसकेका छन् ।
 
मतदानका क्रममा केही समान्य अति न्यून गुनासो वाहेक कुनै समस्या आएको छैन बरालले भने कसैले नेपालमा छु कसरी भोट हाल्ने लगायत केही साना तिना समस्या परेको जानकारी गराउनुभएको छ तर, यस्तो गुनासो १ प्रतिशतभन्दा पनि कम छ ।
 
निर्वाचन प्रकृया पारदर्शी र निष्पक्ष रुपमै सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पुरा गर्ने बरालको दावी छ । मैले कुनै आस्था होला तर, एनआरएनए अमेरिकाको निर्वाचन गर्ने जिम्मेवारी निष्पक्ष रुपमै नै पुरा गरेर देखाउंछु यसमा सवैजनालाई विश्वास गर्न पनि आग्रह गर्छु बरालले भने ।
 
नतिजा भोलि बिहानसम्म आउने:
एनआरएनए अमेरिकाको निर्वाचन नतिजा भोलि सोमवार बिहानसम्म आउने बरालले वताए । पुर्वी समय अनुसार आइतवार मध्येरातसम्म भोट हाल्न पाइने समय तोकिएको छ ।
 
अघिल्लो पटक जस्तो नतिजामा त्रुटी हुन नदिन आफुहरु सजग भएको बरालले वताए ।