मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वाग्ले ‘शेरमन सिटी’ को ‘किप शेरमन ब्युटिफुल’ कमिसन बोर्ड अफ मेम्वरमा नियुक्त

वाग्ले ‘शेरमन सिटी’ को ‘किप शेरमन ब्युटिफुल’ कमिसन बोर्ड अफ मेम्वरमा नियुक्त


टेक्सस – अमेरिकी राजनीतिमा नेपालीहरुको सहभागिता बढदो क्रममा छ।  यसै क्रममा अर्का एक नेपाली राजेन्द्र वाग्ले नर्थ टेक्सासमा पर्ने 'शेरमन सिटी' को 'किप शेरमन ब्युटिफुल' भन्ने कमिसनको बोर्ड अफ मेम्वरमा नियुक्त भएका छन। 
 
उनलाई यहि मे ७, २०१९ देखि जनवरी १, २०२१ सम्मका लागि सो कमिसनको बोर्ड मेम्वरमा नियुक्त गरिएको जानकारी नियुक्ति पत्रमा शहरका मेयर डेविड प्लेलरले पठाएको पत्रमा उल्लेख छ।
 
टेक्सोमा नेपाली समाजको अध्यक्ष समेत रहेका सक्रिय समाजसेवी वाग्ले त्यस शहरमा १० वर्ष देखि बस्दैं आएका छन। टेक्सोमा नेपाली समाजको अलावा उनी ओएनएफ अमेरिकाको टेक्सास राज्यको सचिवका रुपमा पनि सामाजिक सेवाको क्षेत्रमा निरन्तर लागिरेहका छन। नेपाली सामाजिक गतिविधिमा सक्रिय वाग्ले मूलधारको स्थानीय राजनीतिमा समेत डेमोक्रेट पार्टी वाट सक्रिय छन्। यस अघि उनी ग्रेसन काउन्टीवाट डेमोक्रेट पार्टीको टेक्सस स्टेट कन्भेसनमा समेत सहभागि भएका थिए।