मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

टेक्सस च्याप्टरमा सकस

टेक्सस च्याप्टरमा सकस


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस)। गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको मतदान मिति नजिकिदै गर्दा केन्द्रका अध्यक्षहरुबीच जति द्वन्द्व र लफडाबाजी बढ्दै गएको छ टेक्सस च्याप्टरको अध्यक्षमा भने निकै सौहाद्रता बढेको छ।
 
टेक्सस च्याप्टरको अध्यक्षमा शालीन र भद्र व्यक्तित्वका रुपमा चिनिएका ड्यालसका राजेश अर्याल र ह्युस्टनका द्रोण गौतमको उम्मेदवारी परेको छ । दुबैको भद्र र शालीनता अनि सामाजीक काममा निरन्तरत कृयाशीलताका कारण एनआरएनका सदस्यहरुलाई दुई मध्य को उपयुक्त हुन् भनेर छनौट गर्न निकै मुस्किल परेको छ।
 
‘दुईमध्य को छान्ने भन्नुपर्दा निकै गाह«ो छ । तर पनि राजेशजी लामो समयदेखि टेक्ससमा रहेर समाजीक क्षेत्रमा कृयाशील हुनुभएकोले यसपटक उहाँलाईनै मैले रोज्ने निर्णय गरेको छु,’ ड्यालसको सबैभन्दा कृयाशील सामाजीक संस्था ‘नेपाली समाज टेक्सस’ का पूर्ब अध्यक्ष कृष्ण लामिछानेले भने । लामिछाने एनआरएन अमेरिकाका वर्तमान बोर्ड अफ डाइरेक्टर पनि हुन् ।
 
उता हयूस्टनका सक्रिय समाजसेवी द्रोण गौतमको पक्षमा पनि ह्युस्टनका समुदाय एकजुट जस्तै छन् । राजेश ड्यालस र वरिपरिको स्थानमा लोकप्रिय छन् भने गौतम ह्युस्टनमा । दुबैले अस्टिन, सानएन्टेनियो लगायतका स्थानमा रहेका नेपालीहरुलाई सम्पर्क गरेर, भेटेर मन जित्न प्रयास गरिरहेका छन्।
 
‘यसपटक टेक्सस च्याटरमा दुबैको व्यक्तित्व र शालिनताले गर्दा मतदातालाई छनौट गर्न निकै कठिनाई परिरहेको छ । त्यसो हुँदा आफ्नो होमटाउनमा दुबै उम्मेदवार बलिया छन्। ड्यालसमा अर्याल बलियो छन् भने ह्युस्टनमा गौतम । 
अर्यालको पक्षमा नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति र नेकपाको भातृ संगठन प्रवासी मञ्च देखिएका छन् । अर्याल अध्यक्ष र प्रवासी मञ्चका सोफिन थापा सचिव सहितको संयुक्त टीम चुनावमा छ । यही टिमबाट उपाध्यक्षमा मनोनयन गरेका मोहन कुसारी निर्विरोध भैसकेका छन् ।
 
जतिसुकै निष्पक्ष र स्वतन्त्र भनिएपनि एनआरएन अमेरिकाको चुनाव नेपालको राजनीतिक दल, तिनमा आस्था राख्ने यहाँका नेपालीहरुबीच विभाजित हुँदै आएको छ । त्यही आधारमा जनसम्पर्क समिति र प्रवासी मञ्चको जता मत भारी र गह्रौँ हुन्छ उसैले चुनाव जित्दै आएको विगत छ । यस पटक दुबै संगठन एकैतिर छन् । थपमा टेक्सस च्याप्टरमा अध्यक्षका दुबै सशक्त देखिएकाले चुनाव निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
 
 
उता गौतम आफूले धेरै वर्षदेखि ह्युस्टन र ड्यालसको कम्युनिटीमा काम गरेको र दुई वर्ष देखि टेक्सस च्याप्टरमा उपाध्यक्ष रहेर काम गरेका कारण आफु अध्यक्षको दावेदार भएको बताए । ‘ड्यालस बाहेकका स्थानमा मलाई ९९ प्रतिशत भोट आउँछ,’ उनले भने । राजनीतिले विभाजन गर्न नसक्ने स्वतन्त्र भोट गौतमको पक्षमा पर्ने संभावना देखिएको छ । 
 
गौतम ह्युस्टनमा सर्बस्वीकार्य तारा बराल प्रस्तावक भएर उम्मेदवार खडा भएका हुन् ।  
 
उता अध्यक्षका अर्का उम्मेदवार राजेश अर्याल पनि लामो समयदेखि सामाजीक, व्यबसायीक क्षेत्रमा परिचित र जनसम्पर्क, प्रवासी मञ्चको सहयोगका कारण बलियो रुपमा प्रस्तुत भएका छन् । ‘म लामो समयदेखि यहीँ बसेर, यहीको नेपाली समुदायसँग घुलमिल भएर रहेका कारण एनआरएनले के गर्नुपर्छ भनेर एउटा योजना लिएर अघि बढेको छु,’ अर्यालले भने । ती योजनाहरुलाई एनआरएनको च्याप्टरमा गएर कार्यान्वयन गर्नका लागि उम्मेदवारी दिएको समेत उनले बताए । 
 
अर्यालले आफनो एजेण्डा र कार्यक्रम चित्त बुझेका कारण जनसम्पर्क र प्रवासी मञ्चका साथीहरुले सहयोग तथा समर्थन गरेको समेत बताए । 
 
अध्यक्षका तीन उम्मेदवारहरु सुनिल शाह, सञ्चय थापा र सूर्य लम्सालमध्ये सबैको भोट च्याप्टर अध्यक्षका दुबै उम्मेदवारलाई पर्ने संकेत देखिएको छ । सुनिल शाहको भोटमध्य ७५ देखि ८० प्रतिशत अर्यालको पक्षमा जाने देखिएको छ । त्यस्तै सञ्जय थापाको भोटको ९० प्रतिशत भोट अर्याललाई जाने संकेत देखिएको छ भने लम्सालको भोटको ५० देखि ६० प्रतिशत उनलाई जाने संकेत छ । 
 
गौतमको पक्षमा केन्द्रका तीनै अध्यक्षको मत जादैछ । ह्युस्टनमा रहेका मतदातामध्य यसपटक धेरै भोट त्यहाँबाट सुनिल साहलाई जाने संकेत देखिएको छ । दोस्रो बढी मत सञ्जय थापालाई जाने देखिन्छ । 
 
टेक्सस च्याप्टरको अध्यक्षमा दुबै जना शालिन व्यक्तित्वको उम्मेदवारीले एनआरएनका मतदाताहरुलाई निकै सकस परेको छ । त्यही भएर अधिकांश ड्यालसबासीले अर्याल र अधिकांश ह्युस्टनबासीले गौतमलाई मत दिने संकेत गरेका छन् । अस्टिन, सान एन्टेनियो लगायतका स्थानमा बस्ने मतदाताहरुले भने व्यक्तिगत सम्बन्ध, राजनीतिक विचारधारालाई प्रमुखताका रुपमा लिएका छन् ।