पार्टी अलग तिम्रो मेरो, झगडाको बिउ फल्ने हो कि ?
भोली हाम्रो जिन्दगी नि राजनीति झैँ चल्ने हो कि ?
सधैँभरि तेरो मेरो, लुछाचुडी गर्दा गर्दै,
जीवनका पद, कुर्सीका अन्तिम घडी ढल्ने हो कि ?
के के छन् खै एजेन्डा छिनोफानो गरौँ आजै,
विरोध र अावेगहरु डढेलो झै बल्ने हो कि ?
आँखाहरुलाई थम्थमाइ, दुई मुटुको बैठक बसाउ….
तेस्रो पक्ष सल्किएर सहमति जल्ने हो कि ?
भर्दा भर्दै झोलीहरु, हेर्दा हेर्दै अाफ्नाहरुलाई
जीवनयात्राका पाइलाहरु, हिँड्दाहिँड्दै गल्ने हो कि ?
भोली हाम्रो जिन्दगी नि राजनीति झै चल्ने हो कि ?
(ड्यालस, टेक्सस)
प्रतिक्रिया