मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकाको क्यालिफोर्निया लसएन्जल्समा बन्दूक हिंसाको बिरुद्ध जनचेतनामुलक भिडियो रिलीज़

अमेरिकाको क्यालिफोर्निया लसएन्जल्समा बन्दूक हिंसाको बिरुद्ध जनचेतनामुलक भिडियो रिलीज़


क्यालिफोर्निया (अमेरिका)- हाल अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको बिरुद्ध जनचेतना” दिने भिडियोको रिलीज़ गरिएको छ।
 
क्यालिफोर्निया लसएन्जल्समा नेपाल अमेरिका पत्रकार संघ ( नेजा)को आयोजनामा एनआरएन डिवेट कार्यक्रम संगै  अमेरिकामा भैरहेको बन्दूक़ हिंसाका घटिरहने घटनाहरुको बारेमा आधारित यस भिंडियों  एस राज प्रोडक्टसनकै यूट्यूब बाट सार्वजनिक गरिएको छ ।
 
मुख्य कलाकारहरुहरुमा लसएन्जल्स नेपाली समुदायका बहु प्रतिभाका धनि सुरज श्रेष्ठ र न्युयोर्क फिल्म एकेडेमीमा अध्यनरत ब्राजिलिन मूलकी पुरस्कार बिजेता कलाकार रिब्बेका मोमोको मुख्य अभिनय रहेको छ । जस्मा एस राज प्रोडक्शनका एस.राज (शंकर राज वाग्ले)को निर्देशन तथा छायांकन रहेको छ ।
 
उनले यस अघि नेपाली चर्चित धारावाहिक मेरी बास्सैमा निकै रुचाईएको भुमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए र नेपालमा पनि हत्या हिंसा विरुध्द जनचेतनामुलक भिंडियों हरु बनाउदै तथा अभिनय गर्दै  हाल अमेरिकामा समेत बिभिन्न किसिमका हिसां, हत्या र सामाजिक विकृति संग सम्बन्धित जनचेतनामुलक भिडियोहरु बनाईरहेका छन् ।
 
 
साथै बोधी एच डी र वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको पनि सहकार्यता रहेको छ । उक्त भिडियोमा कलाकारहरु कुसुम थापा, श्याम सेढाई,एनआरएन एनसिसि अमेरिकाकी महिला संयोजक एवं सामाजिक अभियन्ता इन्दिरा त्रिपाठी ,संचारकर्मी डोल्मा लामाको भूमीका रहेको छ । अन्य कलाकारहरुमा चक्रपाणि मिस्र ,पण्डित -चुडामणी गौतमको पनि महत्वपूर्ण भुमिका रहेको छ ।
 
उक्त भिडियोमा एस .राज प्रोडक्शनका टोलीले आफ्नै निर्देशन र छायांकनमा अमेरिकामै पहिलोपल्ट यो जल्दो बल्दो समसामयिक विषयबस्तु पर्दामा उतार्न सफल भएका छन् । यो विषयवस्तु अत्यन्तै महत्वपूर्ण रहेको छ र “यो जिवनको के भर छ र “ भन्ने सान्दर्भिक गीतमा “बन्दूक हिंसा बिरुद्ध जनचेतना” फैलाउने कथाबस्तुको अवधारणा भने सामाजिक अभियन्ता एवं संचारकर्मी डोल्मा लामाले ल्याएकी हुन् ।
 
सम्पादन हलिउडका तानो जोर्की ले गरेका छन् । जीवनसंग सम्बन्धित “ यो जिवनको के भर छ र “ भन्ने गीत चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने संगित संगीतकार हरि लम्सालको र रचना गीतकार अनमोल मणिको रहेको छ ।
 
यो भिडियोमा हामी कोही कसैको जीवनको केहि भर छैन,कुन शब्द र कुन दृश्य अन्तिम हुन्छ,हामीलाई थाहा छैन भन्ने भाव प्रस्ट्याउन खोजीएको छ र यस्ता खाले घटनालाई  अमेरिकामा जल्दो बल्दो विषयमा लिईन्छ साथै अमेरिका स्थित सबै समुदायहरुले यस भिडियोलाई सन्देशमुलक ठानेका छन्।