मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकामा नेतृत्वका लागि करिव २ सय जनाको उम्मेदवारी

एनआरएनए अमेरिकामा नेतृत्वका लागि करिव २ सय जनाको उम्मेदवारी


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको (एनआरएन अमेरिका)मा कार्यसमिति, केन्द्रिय प्रतिनिधि आईसीसी सदश्य, च्याप्टर पदाधिकारीका लागि झण्डै २ सय जनाको उम्मेदवारी परेको छ ।
 
एनआरएन अमेरिका निर्वाचन समितिका संयोजक विश्व बरालका अनुसार पुर्वी समय अनुसार शुक्रवार मध्येरातसम्म उम्मेदवारी दर्ता गर्न सकिने भएकाले कुन पदमा कसको उम्मेदवारी पर्यो त्यस पछि मात्र आधिकारिक सुची सार्वजनिक गरिने छ ।
 
एनआरएनए अमेरिकामा अध्यक्ष सहित २४ पदाधिकारी निर्वाचित भएर आउंछन् । यस्तै २० राज्यमा लागि योग्य भएका छन् । केन्द्रिय प्रतिनिधि आईसीसी सदश्यका लागि पनि अहिले पनि निर्वाचित गरिन्छ ।
 
अध्यक्षपदमा अहिलेसम्म तीन जना सुनिल शाह, सुर्य (साल) लम्साल र संजय थापाले उम्मेदवारी दर्ता गराएको सार्वजनिक भएको छ । सुनिल वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् । सुर्य पुर्व बोर्ड सदश्य र संजय वर्तमान कार्यसमितिका वोर्ड सदश्य हुन् ।
 
वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे, अमृत सापकोटा, इन्द्रीरा त्रिपाठी लगायतले उम्मेदवारी दर्ता गराएका छन् । यस अघि डा बन्जाडेले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर, सुनिलको प्यानलमा वरिष्ठ उपाध्यक्ष वस्न सहमति भएको वताईएको थियो । तर, अमृत सापकोटाले त्यही पदमा दावी गरेपछि यो सहमति पेचिलो वनेको छ ।
 
विगत केही दिन यता उम्मेदवार विच विभिन्न समिकरण र सहमतिको प्रयास भएको थियो । तर, समिकरण र सहमतिका प्रयास भन्दा पनि निर्वाचन परिणाम प्यानलमा नजाने देखिएको छ ।  अव व्यक्तिगत प्रयासमा नतिजा प्रभावित हुने अवस्था आएको छ ।
 
यो निर्वाचनमा एनआरएन आईसीसीका केन्द्रिय तहका उच्च पदाधिकारीले पनि चासो राखेका छन् । यसले गर्दा पनि समिकरण र सहमतिहरु पहिले अनुमान गरेभन्दा फरक पर्न गएको वताईएको छ ।
 
यो निर्वाचनमा चासो राख्ने मतदाताका अनुसार पांच जना वसेर त्यसलाई त्यो पदमा उठाउने भनेर हुदैंन यो प्रजातान्त्रिक होइन त्यसैले प्यानल मान्नुपर्छ भन्ने छैन अहिले यही देखिएको छ यो राम्रो हो ।
 
उम्मेदवारको अन्तिम सुची आउन केही दिन वांकी छ । यस विचमा केहीले आफ्नो नाम फिर्ता पनि लिनसक्छन् । नयां सहमति र समिकरण पनि हुन सक्ने संभावना भने छ ।