मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साइबर अपराधमा पक्राउ गरिएका पत्रकार गिरी रिहा

साइबर अपराधमा पक्राउ गरिएका पत्रकार गिरी रिहा


काठमाडौँ । प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौँ जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् । 
 
पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानूनअन्तर्गत पक्राउ परेको भनी नेपाल पत्रकार महासङ्घ र विभिन्न संगठनले देशव्यापी विरोध गरेका थिए । 
 
न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई साधारण तारेखमा छाड्न आज आदेश दिएको थियो ।
 
सम्पादक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यही वैशाख २ गते पोखराबाट पक्राउ गरेको थियो । 
 
प्रकाशित समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानूनी प्रावधान विपरीत पत्रकारमाथि विद्युतीय कारोवार ऐनमा कारवाही चलाइएकामा आपत्ति जनाइएको थियो । 
 
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले काउन्सिलले गिरीको अनलाइन दर्ता नभएको भनी प्रहरीलाई गलत विवरण दिएका कारण समस्या उत्पन्न भएकामा न्यायालयले न्याय दिएकामा सन्तोष व्यक्त गरे ।