मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विप्लवको नेपाल बन्दमा विष्फोट र आजगनी, जनजीवन प्रभावित

विप्लवको नेपाल बन्दमा विष्फोट र आजगनी, जनजीवन प्रभावित


नेत्रविक्रम चन्द विप्लव समूहद्वारा घोषणा भएको नेपाल बन्दले चितवनमा प्रभाव परेको छ । बन्दकै क्रममा चितवनका दुई स्थानमा विष्फोट भएको छ । 
 
यस्तै छिमेकी जिल्ला नवलपरासी र मकवानपुरमा पनि विष्फोट र आगजनी भएका छन् । बन्दको क्रममा मानवीय क्षति भने नभएको सुरक्षा निकायले जनाएको छ ।
 
विप्लव माओवादीका कार्यकर्ताले बिहीबार चितवनका चार ठाउँमा ग्यास सिलिन्डर पड्काएका छन् । भरतपुर महानगरपालिकाको एक ठाउँमा र पूर्वी चितवनका तीन छुट्टाछुट्टै ठाउँमा ग्यास सिलिन्डर पड्काएका हुन् । 
 
बन्दको दिन त्रास फैलाउन बस्तीभन्दा पर खाली ठाउँमा टायरमाथि सिलिन्डर राखेर आगो लगाएको चितवनका प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । भरतपुर महानगरपालिका वडा नं १८ भीमनगरस्थित कुलोमा, कालिका ८ स्थित कयर खोलाको किनारमा, खैरहनी २, चैनपुरस्थित लदरी खोलाको किनारमा र सोही नगरपालिकाको वडा नं १ स्थित कयर खोलानजिक खाली जमिनमा ग्यास सिलिन्डर पड्काएको उनले जानकारी दिए । 
 
चैनपुरस्थित लदरी खोला र खैरहनी १ स्थित कयर खोलानजिक रहेको खाली जमिनमा राखेको ग्यास सिलिन्डर भने पड्किन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । 
 
सो बन्दका कारण बिहानैदेखि ठूला सवारीसाधन चलेनन् भने शिक्षण संस्था, बजार कलकारखाना ठप्प भए । साना सवारीसाधन म्याजिक, भ्यान, अटोे रिक्सा, इ–रिक्सा, मोटरसाइकल भने सञ्चालन भए । राजमार्गमा चलेका सवारीलाई प्रहरीले सुरक्षा दिई गन्तव्यमा पु¥याएको थियो । 
 
त्यस्तै जिल्लाका सरकारी कार्यालय खुल्ला रहेका थिए । प्रमुख व्यापारिक केन्द्र नारायणगढ, भरतपुर, रामपुर तथा पूर्वी चितवनका उद्योग, व्यापार, व्यवसाय प्रायः बन्द रहेका थिए ।
 
ठाउँठाउँमा बम आतंक
 
त्यस्तै नवलपुरको कावासोतीमा बिहीबार बम विस्फोट भएको छ । कावासोतीको मुख्यबजार इन्द्रचोकमै बम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले बम निकै शक्तिशाली भएको स्थानीयले जनाएका छन् । विस्फोटबाट मानवीय क्षति भने भएको छैन । इन्द्रचोकको खाली स्थान झाडीमा बम विस्फोट भएको थियो ।
 
त्यसैगरी, गैँडाकोट नगरपालिका १४ बेल्डियामा रहेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । उक्त वस्तु बम नै भएको बताइएको छ ।