मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाली क्रिकेट यु–१६ टोलीको घोषणा

नेपाली क्रिकेट यु–१६ टोलीको घोषणा


काठमाडौँ । थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । 
 
यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् । 
 
छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की छन् । त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् ।
 
वैकल्पिकतर्फ अभिशेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही वैशाख ७ गते म्यान्मासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 
 
समूह ए’ मा रहेको नेपालको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया  छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भुटान र चीन रहेका छन् । नेपाली टोली बिहीबार थाइल्याण्ड जानेछ ।