मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दमकमा मुटुरोगसम्बन्धी सामुदायिक अस्पताल सञ्चालन

दमकमा मुटुरोगसम्बन्धी सामुदायिक अस्पताल सञ्चालन


दमक । मुटु तथा मिर्गाैला रोगीका बिरामीलाई लक्षित गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । विभिन्न मानवीय सेवामा समर्पित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको हो । 
 
अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रेड्क्रसले जनाएको छ । रेड्क्रस उपशाखाले दमकमा पत्रकार सम्मेलन गरी यही वैशाख ७ गतेदेखि अस्पतालले औपचारिक रुपमा सञ्चालनमा आउने उपशाखाका सभापति प्रकाश बुढाथोकीले जानकारी दिए ।
 
उनले शुभारम्भका अवसर पारेर यहाँ मुटु तथा मिर्गाैला रोगसम्बन्धी विशेषज्ञ डाक्टरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुने बताए । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मिर्गाैला रोग विशेषज्ञ सञ्जीव शर्मालगायत चिकित्सकको सहभागिता रहने छ ।
 
यस्तै, रेडक्रसले आगामी भदौदेखि विर्तामोडको मेची आँखा अस्पतालको संयुक्त साझेदारीमा आँखाको विशेषज्ञ अस्पताल समेत सञ्चालन गर्न लागिएको रेडक्रस दमक उपशाखाका संस्थापक सभापति मानबहादुर बुढाथोकीले जानकारी दिए । 
 
विसं २०४९ मा स्थापित दमक रेड्क्रसले यसबाहेक विसं २०५३ मा रक्तसञ्चार सेवा, २०५५ मा सर्प डसाइ उपचार सेवा समेत सञ्चालन गरिआएको रेडक्रस दमक उपशाखाका निवर्तमान सभापति लीला गुरागार्इंले बताए । दमक–७ पशुहाट क्षेत्रको करीब सात कठ्ठा जमीनमा स्थापित रेड्क्रसले विभिन्न मानवीय सेवाका कार्यसमेत गरिआएको छ ।