मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमाले र माओवादीको एकता चिनीपानीको मिश्रण : मन्त्री विष्ट

एमाले र माओवादीको एकता चिनीपानीको मिश्रण : मन्त्री विष्ट


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानीको मिश्रणजस्तै भएको बताएका छन् । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता तथा मन्त्री विष्टले पार्टी फुट्ने कुरा इतिहासले नस्वीकार्ने भन्दै नेकपाको एकता बालुवा पानीको मिश्रण नभएर चिनीपानीको मिश्रण भएको बताए । 
 
उनले सरकारले समृद्धिको जग बसाल्न सफल भएको भन्दै कार्यकर्तालाई धैर्य रहन आग्रह गरे । सिङ्गो पार्टीपङ्ति तथा कार्यकर्तालाई सरकारले गरेको राम्रा कामको प्रचारप्रसार गरी उपयुक्त सुझाव प्रदान गर्न आग्रह गरे , 
 
मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको विवरणका बारेमा आफूले अध्ययन गरेर राहत प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 
 
उनले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताए । वष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए ।